logo
Advertisement

मेलिना राईले राज के गोस्वामीको लागि भनिन् ‘मैले माया गरे’

९ जेष्ठ २०७७, शुक्रबार मा प्रकाशित

कोरोना कहरमा विश्व अर्थतन्त्र ठप्प छ । तथापी गीतसंगीत तथा फिल्महरु भने केही मात्रामा चलायमाछन् । त्यो चाही डिजिटल प्लेटफर्ममा मात्र । यहीबीच ‘मैले माया गरे’ बोलको गीत सार्वजनिक भएको छ । यस गीतमा अष्ट्रेलियामा रहेर नेपाली गीत-संगीतमा सक्रिय गायक राज के गोस्वामीको स्वर र मेलिना राईको स्वर छ ।

उत्तम जंग लिम्बूको संगीत रहेको गीतलाई माया मगरले लेखेकी हुन् । गीतको एरेन्जर साहाश शाक्य हुन् । ‘कोशिस २’ एल्बममा समावेश यस गीतको अफिसियल भिडियो भने सार्वजनिक भएको छैन ।

अहिले निर्माणपक्षले लिरिकल भिडियो मात्र सार्वजनिक गरेको हो । फोटो वर्क, सिड्नीले तयार गरेको भिडियोलाई नेपाल टच नामक युट्युबबाट सार्वजनिक गरिएको छ । ‘मैले माया गरे’ बोलको गीत भिडियोमा हेर्नुस्

Recent Comments

Top