logo
Advertisement

कोरोनालाई जि,ते*र जब हातमा फुल लिएर अस्पतालको गेटबाट हांस्दै नानि बि,दा भईन्…

९ जेष्ठ २०७७, शुक्रबार मा प्रकाशित

कोरोनालाई जितेर जब हातमा फुल लिएर अस्पतालको गेटबाट नानि हांस्दै बिदा भईन्… बाँकेका २१ जनाले कोरोनालाई पराजित गरी घर फर्किएका छन् । सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, खजुराको आइसोलेशनमा उचाररत २१ जनाको तेस्रो पटकको कोरोना रिपोर्ट ने,गे,टिभ आएपछि डिस्चार्ज गरी उनीहरुलाई घर पठाइएको भेरी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले बताए । यससँगै हालसम्म कोरोनालाई जितेर घर फर्कनेको संख्या ७० पुगेको छ ।

यसअघि विभिन्‍न जिल्लाबाट ४९ जना निको भएर घर फर्किसकेका छन् उनीहरुलाई कोरोना विशेष आइसोलेशन अस्पताल र भेरी अस्पतालका चिकित्सकले फूलमाला र खादा ओढाएर शुक्रबार अस्पतालबाट बिदाइ गरेको उनले बताए । नेपालगन्जमा पहिलो पटक फेला परेका कोरोना संक्रमित ६० वर्षीय पुरुष पनि डिस्चार्ज भई घर फर्किएका छन् । उनीसहित नेपालगन्ज उपमहानगरपालिका–८, जोलाहनपुर्वाका २० जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

उक्त अस्पतालमा नेपालगन्जका २५ जनाको उपचाररत थिए। बाँकीको समय नपुगेकोले केही दिनपछि कोरोना परीक्षण गरी डिस्चार्ज गरिने उनले बताए । उनीहरुको स्वास्थ्य अवस्था पनि सामान्य रहेको डा. थापाले बताए । नेपालगन्जमा पहिलो पटक वैशाख १९ गते ६० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको थियो। भने, कन्ट्रयाक्ट ट्रेसिङको आधारमा स्वाब परीक्षण गर्दा २३ वैशाखमा एकैसाथ २२ जनामा कोरोना पुष्टि भएको थियो ।

Recent Comments

Top