logo
Advertisement

गलबन्दी गायक प्रकाश सपुत फिल्म बनाउंदैछन्, ल,कडा,उनमा यस्तो कथा लेख्दैछन्

९ जेष्ठ २०७७, शुक्रबार मा प्रकाशित

नेपाली गीत संगीत क्षेत्रको चर्चित नाम हो, प्रकाश शपुत । एकपछि अर्को सफल गीत प्रकाशले नेपाली दर्शक स्रोतामाझ पस्किएका छन् । यति मात्र हैन् प्रकाश गायकबाट अब नायक बन्ने क्रममा छन् । चलचित्र ‘परदेशी-२’ले उनलाई गायकबाट नायकको परिचय दिँदैछ । लकडाउनका कारण यो फिल्मको छायां‌कन रोकिएको छ । गायक सपुत अहिले बाग्लुङमा छन् ।

बाग्लुङमा रहेको क्रममा उनले विभिन्न सिर्जना पनि गरिरहेका छन् । गायक सपुतले अहिले आफू फिल्मको कथा पनि लेखिरहेको बताए । उनले भने–‘मैले सन् २०१२ देखि नैै समाजमा देखिएको घ,टना,क्रमलाई उतारेर लेखिरहेको थिएँ । म त्यसलाई पुस्तकको आकार दिन चाहन्थे । तर, अब फिल्म र गीतसंगीतसँग जोडिएपछि यसको न,शा पनि लागिरहेको छ । अहिले भने म त्यो सिर्जनालाई स्क्रिप्टको आकार दिइरहेको छु ।’

गायक सपुतले आफूले अहिले क्लाइमेक्स लेखिरहेको सुनाए । भने–‘अब सकिन लागेको छ । सायद, यो कथामा चलचित्र बनाउन सक्छु होला ।’ योसँगै गायक सपुतले गाउँमै रहँदा छोटा चलचित्रहरु पनि बनाउने बताएका छन् ।

Recent Comments

Top