logo
Advertisement

सशस्त्रले भारतले अ,ति,क्र,म,ण गरेको क्षेत्र कालापानिमा भवन निर्माण प्रक्रिया सुरु गर्यो

९ जेष्ठ २०७७, शुक्रबार मा प्रकाशित

दार्चुलाको छाङरुमा बोर्डर आउट पोस्ट (बीओपी) निर्माणका लागि सशस्त्र प्रहरी बलले प्रक्रिया थालेको छ । सरकारले भवन निर्माणका लागि ११ करोड रुपैयाँ बजेट विनियोजना गरिदिएपछि निर्माण प्रक्रिया अघि बढाउन थालिएको हो । यसका लागि सशस्त्र प्रहरी बलले बिहीबार बोलपत्र आह्वान गरेको छ ।

अहिले प्रहरी निरीक्षकको नेतृत्वमा २५ जनाको टोली रहेको छाङरुमा भवन निर्माणपछि एक सय ६० जनाको फौज रहने गुल्म स्थापना गर्ने तयारी सशस्त्र प्रहरीको छ । भवन निर्माणका लागि सशस्त्रले सरकारी जग्गा प्राप्त गरिसकेको छ ।

कालापानी, लिपुलेक क्षेत्रमा भारतले नेपाली भूमि अतिक्रमण गरेर सडक निर्माण गरेपछि जनआक्रोश सिर्जना भएका बेला सरकारले छाङरुमा सशस्त्र प्रहरीको उपस्थिति कायम गरेको हो । यो क्षेत्रसम्म पुग्नका लागि सडक सञ्जालको समेत समस्या छ । नेपाली सेनाको फौज सडकको ट्याक खोल्नलाई घाँटी बगर क्षेत्रमा बिहीबार पुगेको छ । Photo Credit : नारायण ढुंगाना

Recent Comments

Top