logo
Advertisement

फेसबुकका मालिक जुकरबर्गले यसरी श्रीमतिको हातबाट कपाल का,*टे

९ जेष्ठ २०७७, शुक्रबार मा प्रकाशित


फेसबुकका मालिक जुकरबर्गले यसरी श्रीमतिको हातबाट कपाल का,*टे

लकडाउनका कारण धेरै मानिस अहिले घरमै थुनिएका छन्। धेरैले घरबाट अनलाइन मार्फत काम गरिरहेका छन् । सम्भावित संक्रमण रोकथामका लागि लकडाउन आदेश जारी गरिएको हो । लकडाउनका कारण अहिले जिमखाना, सैलुन, ब्युटिपार्लर आदि सबै बन्द छन् । यस्तो अवस्थामा धेरैलाई कपाल काट्न समस्या भएको छ ।

सेलिब्रेटीहरुले भने आफ्ना प्रियजनसँगै घरमै कपाल काटिरहेका छन् । फेसबुकका मालिक मार्क जुकरबर्गले शनिवार एक पोस्ट गर्दै पत्नीबाट कपाल काटेको फोटो सेयर गरेका छन् । केही दिनअघि भारतीय क्रिकेट टीमका कप्तान विराट कोहलीले पनि यस्तै तस्विर सेयर गरेका थिए जसमा श्रीमती एवं बलिउड अभिनेत्री अनुष्का शर्माले कपाल काटिरहेको देख्न सकिन्छ ।

Recent Comments

Top