स्पेनमा कोरोना भाइरसलाई हराउँदै १०७ वर्षीया वृद्धा सन्चो भएकी छन् । रोचक कुरा त के छ भने जब उनी पाँच वर्षकी थिइन् तब उनले ५० करोड मानिसको ज्यान लिएको स्पेनिस फ्लुलाई पनि हराएकी थिइन् । स्पेनको अंग्रेजी पत्रिका ओलिभ प्रेसका अनुसार कोरोनालाई जितेकी वृद्धाको नाम एना डेल भ्याले हो ।
कोरोनालाई जितेर ठीक हुने उनी नै विश्वकै सबैभन्दा वृद्ध मानिस मानिएको छ । पत्रिकाका अनुसार एनासँगै अन्य ६० जना कोरोना संक्रमित थिए । अब उनी ठीक भएकी छन् । उनको जन्म अक्टोबर १९१३ मा भएको थियो । जब उनी पाँच वर्षकी थिइन् तब उनलाई स्पेनिस फ्लु भएको थियो । तर, उनले स्पेनिस फ्लुलाई हराउँदै ठीक भएकी थिइन् ।
जनवरी १९१८ देखि डिसेम्बर १९२० सम्म स्पेनिस फ्लुको प्रकोप रहेको थियो । यस महामारीबाट विश्वको एक तिहाई जनसंख्या (५० करोड मानिस) सकिएको थियो । पत्रिकाका अनुसार स्पेनिस फ्लुलाई हराएको १०२ वर्षपछि एनाले कोरोना भाइरससँगको लडाइँ पनि जितेकी छन् । अन्य सञ्चारमाध्यमका अनुसार स्पेनमा १०१ वर्षका अन्य दुई महिलाले कोभिड-१९ सँग जित हासिल गरेका छन् । भोला लामिछाने ।
Recent Comments