logo
Advertisement

हे भगवान, आफ्नै २ छोरो मिलेर नि,र्म,म तरिकाले बाबुको यसरी ह,*त्या गरे ? आमा अझै बे,हो,स

८ जेष्ठ २०७७, बिहीबार मा प्रकाशित

कोरोनाको कहरले मानिसहरु घरबाट निस्कन सकेका छैनन् । यहीबेला अप,राधिक मानसिकता भएका मानिसहरु सलबलाएका छन् । घरायसी वि,वादमा दुई छोरा मिलेर बाबुको ह*,त्या गरेको खुलेको छ । विराटनगर महानगरपालिका–१४ झटियाहीका ६९ वर्षका सीताराम चौहानलाई उनकै जेठा छोरा रोहित चौहान र माइला नागेन्द्र चौहानले कोदालोले हिर्काएर ह*त्या गरेको प्रहरीले जानकारी दिएको छ ।

मोरङ जिल्ला प्रहरी प्रमुख एसपी विश्व अधिकारीका अनुसार शनिबार राति साढे ८ बजे मदिरा खाएर घर पुगेका छोराहरुले हिर्काएर सीतारामको ह,त्या गरेका हुन् । बुधबार सीतारामकी माइली बुहारी जैनव खातुन श्रीमान नागेन्द्रलाई लिएर ससुरा हराएको भन्दै खोजी गरिदिन इलाका प्रहरी कार्यालय रानी पुगिन् । उनले आफ्ना श्रीमानले बुबालाई मा,रि*दिएँ भनेको र घरमा खाटमुनि खाल्डो खनेको जस्तो देखेको प्रहरीलाई बताएकी थिइन् ।

त्यसपछि सीतारामको घर पुगेको प्रहरीले खाल्डो उत्खनन गर्दा शव फेला पारेको थियो । शव भेटिएको २४ घण्टा नबित्दै सीतारामका दुबै छोरालाई प,क्राउ गरेको एसपी अधिकारीले जानकारी दिए । दुबै जनाले पैसाको विषयमा वि,वाद हुँदा म,दिराको न,शामा ह,*त्या गरेको स्वीकार गरेका प्रहरीले बताएको छ । प्रहरीका अनुसार सीताराम चौहानका तीनमध्ये कान्छा छोरा सम्पर्कमा छैनन् । जेठा र माइला छोरा मजदुरी गर्दै आएका थिए । विवाहित माइला छोरा छुट्टिएर बसेका छन् भने जेठा छोरा रोहित बाबुसँगै बस्दै आएका छन् ।

शनिबार नागेन्द्र र रोहितले काम गरेको ठाउँबाट पैसा पाएका थिए । कामबाट पाएको पैसाले उनीहरुले मा,दक पदार्थ सेवन गरे र केही कपडा किने ।त्यसपछि दुबै दाजुभाइ मूलघरमा गए । घरमा सीतारामले छोराहरुसँग पैसा मागेपछि वि,वाद सुरु भएको थियो । वि,वादका क्रममा सीतारामले जेठो छोरा रोहितलाई खाटबाट लडाइदिएका थिए । खाटबाट लडाएको रिसमा रोहितले टाउकोमा कोदालो प्र,हार गरेको प्रहरीले बताएको छ । रोहित पछि नागेन्द्रले पनि कोदालो प्रहार गरेका कारण उनको घटनास्थलमै मृ*त्यु भएको प्रहरीको दाबी छ ।

राति करिब ८ बजे हत्या पछि जेठा छोरा घरको बरण्डामा सुते भने माइला छोरा आफ्नो डेरामा गएका थिए । आइतबार बिहान पुन दाजुभाई भेला भएर श,व गाडेका थिए । श*व गा,डेपछि दाजुभाइले फेरि सँगै बसेर म,दिरा खाएको अधिकारीले बताए । ‘योजनावद्ध रुपमा भएको ह*,त्या होइन’ प्रहरी उपरीक्षक अधिकारीले भने, ‘मदिराको नसामा आवेगमा ह,त्या भएको देखिन्छ ।’मदिरा सेवन पछि डेरा पुगेका नागेन्द्रले श्रीमतीलाई आफूले बुबाको ह,त्या गरेको बताएका थिए ।

प्रहरी उपरीक्षक अधिकारीका अनुसार सीताराम माइला छोराकोमा नियमित पैसा माग्न आउँथे । तर, चार दिन नआएपछि माइली बुहारीले फोन गरेकी थिइन् । फोन अफ देखिएपछि घर पुगेर हेर्दा भुइँ खोस्रिएको र केही कपडामा रगत देखिएपछि श्रीमानलाई लिएर प्रहरी कार्यालय पुगेकी थिइन् ।

Recent Comments

Top