logo
Advertisement

सौगात मल्ल र सृष्टी श्रेष्ठको यो ‘लकडाउनमा छल्किएको प्रेम !

८ जेष्ठ २०७७, बिहीबार मा प्रकाशित

कोरोना कहरका कारण जारी लकडाउनले सबैको दैनिकी परिवर्तन गरिएको छ । प्रत्येक पल घरमै बिताउनु पर्ने भएपछि अधिकांशले मीठा–मीठा परिकार पकाएर खानेदेखि गर्नु पर्ने रमाइलो सबै गरिसके । सामाजिक सञ्जालमा विभिन्न सेलिब्रेटीहरुका रोचक गतिविधिहरु पनि देख्न पाइयो ।

यही लकडाउनको बेलालाई एउटा रोमान्टिक जोडीले भने लभ गर्ने अवसरको रुपमा सदुपयोग गरेको पाइयो । उक्त जोडी हो अभिनेता सौगात मल्ल तथा अभिनेत्री तथा मिस नेपाल २०१२ सृष्टि श्रेष्ठको । अविवाहित यो जोडी लामो समयदेखि प्रेम सम्बन्धमा छ ।

लकडाउनको बेलामा त झन् उनीहरु संगै छन् । पछिल्लो दश दिनदेखि उनीहरु एउटै घरमा छन् । उनीहरुको जोडीले केही अघि भिडियोमार्फत कोरोना संक्रमणबाट बच्न सन्देश समेत दिएका थिए । आगामी वर्ष प्रेम सम्बन्धलाई विवाहको स्वरुप दिने तयारी गरिसकेको यो जोडीलाई उनीहरुको परिवारले पनि विवाहका लागि ग्रिन सिग्नल दिइसकेको छ ।

लकडाउन प्रारम्भ हुनुअघि सम्म चलचित्र ‘माइकल अधिकारी’को छायांकनमा व्यस्त भएको यो जोडी लकडाउनको अवधिमा भने निकै प्रेमिल देखिएको छ । सृष्टिले हिजो बुधवार सौगातसंगको रोमान्टिक तस्बिर सार्वजनिक गर्दै लेखिन् ‘लभ लकडाउन’ र सामाजिक सञ्जालमा पोस्ट गरिन् ।

तस्विरमा सौगातले सृष्टिको गालामा किस गरेका छन् । तस्बिरमा उनीहरुको प्रेम सम्बन्ध प्रतिविम्बित भैरहेको देखिन्छ । मायालु जोडीलाई प्रेम दर्शान लकडाउनभन्दा राम्रो अवसर अरु के नै हुन सक्ला र !

Recent Comments

Top