logo
Advertisement

दु,खद खबर : गाउंमा झ,गडा मिलाएर चौकी फर्किएका प्रहरीको नि*ध,न? गा,ह्रो महशुस भै बान्ता गरेका थिए

८ जेष्ठ २०७७, बिहीबार मा प्रकाशित

गाउँमा झ’गडा मिलाएर कार्यालयतर्फ फर्कदैं गरेका प्रहरी इन्चार्जको बाटोमै नि*ध,न भएको छ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका वडा नम्बर ७ मा रहेको खेवाङ प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक(असई)बालकुमार राईको बाटाेमै नि,ध8न भएको हो । सुरुङखीमा भएको झ’गडा मिलाएर फर्कदै गरेका उनले तावाखोला नजिक आई पुगेपछि अचानक गाह्रो महशुस गरेका थिए ।

अ,चान,क असहज भएपछि स्थानीय कुमार सार्कीको घरसम्म पुगे । राईले त्यसपछि बान्ता गर्न थालेको र केहि समयमै उनको निधन भएको खबर प्राप्त भएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिनुभयो । जिल्ला प्रहरीबाट प्रहरी प्रमुख (डिएसपी) महेन्द्रकुमार श्रेष्ठको नेतृत्वमा टोली घटनास्थलतर्फ प्रस्थान गरेको प्रजिअ निरौलाले जानकारी दिनुभयो ।

भोजपुरको लेकखर्क घर भई झापाको दमक बस्दै आएका ४२ वर्षीय राई केहि महिना अघि मात्र खेवाङ पुगेका थिए । सदरमुकाम फुङलिङबाट ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गएको छ। घटनास्थल सदरमुकामदेखि ७/८ घण्टा लाग्छ । *फाईल तस्बिर*

Recent Comments

Top