logo
Advertisement

नेपालको भुमि मात्र हैन् नेपाली चेली मनिषाको अस्मिता पनि जोगाउने बेला हो यो

७ जेष्ठ २०७७, बुधबार मा प्रकाशित

बलिउड अभिनेत्री मनिषा कोईराला नेपाल र नेपालीको पक्षमा बोले पछि यतिबेला भारतिय मिडिया खनिएका छन् । हुनपनि मनिषा नेपालकी छोरी हुन् । र, उनी नेपली हुनुमा गर्व गर्छिन् । नेपाली ईतिहासका प्रजातन्त्र स्थापनार्थ कोईराला परिवाको भुमिका महत्वपुर्ण छ । मनिषा पनि त्यही कोईराला परिवारकी छोरी हुन् जो राजनीति छाडेर फिल्म क्षेत्रमा भित्रिईन्। त्यही भएर मनिषाको नसा नसामा नेपाली राष्ट्रियता भरिएको छ ।

नेपाली फिल्म ‘फेरी भेटौला’ मार्फत अभिनय यात्रा थालेकी मनिषा ‘सौदागर’ मार्फत बलिउडमा अभिनेत्रीका रुपमा भित्रिईन् । उनै मनिषा ९० को दशकी सफल अभिनेत्री हुन् । उनको सोन्दर्य र उत्कृष्ट अभिनयका कारण उनले त्यस समयका चल्तीका खान हिरोहरुलाई समेत पछि पारिन् । सिधा अर्थमा भन्दा मनिषाले बलिउडमा आफ्नो सम्पूर्ण जवानी पोखेकी छिन् । आफ्नै मेहनत, लगनले आजको सफलता पाएकी हुन् नकि कोही भारतियहरुले उनलाई त्यो सफलता बिना काम, मेहनत र सघर्ष बिना दिएका हुन् । भलै मनिषालाई विश्वभर बलिउड फिल्म नै चिनाको होस् ।

कालापानि, लिपुलेख र लिम्पियाधुरा लगायतको नेपाली भुभाग लामो समय देखि भारतले अतिक्रमण गरेर बसेको छ । यतिसम्मकी त्यो भुभाग नेपालको नक्सामा समेत थिएन् । तर, सरकारले नेपालको नयां नक्सा सार्वजनिक गर्यो कालापानि, लिपुलेख र लिम्पियाधुरा सहितको तब भारतिय मिडिया नेपाल बिरुद्ध निम्नस्तरको शब्द प्रयोग गर्दै बोल्न थालेका छन् । खान्छौं भारतको गीत गाउछौं चिनको जस्ता तल्लो स्तरको शब्द मनिषमाथी बर्सिरहेका छन् ।

भारतिय अतिक्रण बिरुद्ध नेपालले आवाज उठाउदा त्यसको परिणम नेपाली चेलि बलिउडकी अभिनेत्री मनिषा कोईरालाले भोग्नु परेको छ । कहिले भारतिय सेनापति नेपाल बिरुद्ध बबोल्छन त कहिले मिडिया मार्फत नेपाल र नेपालको अस्मिता, अस्तित्व र सार्वभौमिकतामाथी धावा बोली रहेका छन् । आफ्नो भुमि पनि रक्षा गर्नु छ, अनि नेपाली चेलीको मानाहानी पनि रोक्नु छ ।

Recent Comments

Top