logo
Advertisement

पत्रकारको भेषमा चो*री ? आफुलाई पत्रकार बताउंने नक्कली प्रेस कार्डधारीले चिकित्सकको घरमै चोरे

७ जेष्ठ २०७७, बुधबार मा प्रकाशित

कोरोनाको यो माहामारी अवस्थामा देशमा थरिथरीका घटनाहरु बढ्दो छन् । एकपछि अर्को अपराधिक क्रियाकलापहरु देशमा बढेको देखिन्छ । यहीबच नक्कली प्रेस कार्ड बनाएर चोरी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सनुसरीका २१ वर्षीय आश्रय रिमाल हिमाल, हम्मे भन्ने हिमाल रमाइली र बाराका २८ वर्षीय अलि आलम मिया छन् ।

महानगरीय अपराध अनुसन्धान महाशाखाका एसपी ईश्वर कार्कीका अनुसार लकडाउनका बेला राति तथा दिनको समयमा चोरीमा संलग्न पाइएपछि उनीहरुलाई पक्राउ गरिएको हो । महाशाखा र महानगरीय प्रहरी वृत्त, गौशालाबाट खटिएको संयुक्त टोलीले एरेर ५१ ब्वाइज होस्टलबाट चार वटा ल्यापटप र चाबहिलको भत्केको पुलस्थित डा. सुविनको मानन्धरको घरबाट म्याक बुक र एप्पलको आई प्याड चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा उनीहरुको संलग्नता भेटेको थियो ।

सीसीटीभी फुटेजको आधारमा अध्ययन गर्दा देखिएको एभेञ्जेर मोटरसाइकल रोकेर सोधपुछ गर्ने क्रममा उनीहरुले उम्कन एक टिभीको प्रेस कार्ड देखाएका थिए । त्यसक्रममा खनतलासी लिँदा उनीहरुको साथबाट विभिन्न ब्राण्डका ल्यापटप, क्यामरा, नगद ५३ हजार, ३०० डलर, २०० युआनसहित धारिलो हतियारसमेत फेला परेको कार्कीले बताए ।

Recent Comments

Top