logo
Advertisement

हार्दिक श्रद्धाञ्जली : कोरोनाले ल*ग्यो अर्को नेपालीको ज्या/न, गुल्मीका प्रधानअध्यापकको कोरोना सं*क्रम*णका कारण नि*धन

७ जेष्ठ २०७७, बुधबार मा प्रकाशित

नेपालमा कोरोना भाइरसका कारण तेस्रो व्यक्तिको पनि नि*धन भएको छ। गुल्मीका संक्रमित प्रधानअध्यापकको नि*धन भएको हो । उनको बुधवार नि*धन भएको प्रदेश-५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले सो कुरा पुष्टि गरेका छन् । योसँगै नेपालमा कोरोनाबाट नि*धन हुनेको संख्या ३ पुगेको छ ।

शिक्षण पेशामा रहेका उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उनलाई गम्भिर अवस्थामै अस्पताल लगिएको थियो । सोमबार कोरोना संक्रमण पुष्टि भएका उनलाई रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा गम्भिर अवस्थामै भर्ना गरेर उपचार सुरु भएको थियो । गुल्मीको मदाने गाउँपालिका पुर्कोट घर भएका उनी गत जेठ १ गते ज्वरो आउने र रुघाखोकी लाग्ने भएपछि अस्पतालमा भर्ना भएका थिए ।

भर्ना भएको दिनदेखिनै भेन्टिलेटरको सहायतामा आइसियूमा उनको उपचार भइरहको थियो । उनको विद्यालय क्वारेन्टिन भएकाले त्यहीँबाट उनलाई संक्रमण सरेको आशंका गरिएको छ । नेपालमा यसअघि पनि दुईजना व्यक्तिको कोरोनाबाट निध*न भएको थियो । जसमा सिन्धुपाल्चोककी २९ वर्षीया महिला र बाँकेका युवक हुन् ।

Recent Comments

Top