logo
Advertisement

रवी तेजाको फिल्म तमन्नाले यसकारण छाडिन, खुल्यो भित्रि कारण

७ जेष्ठ २०७७, बुधबार मा प्रकाशित

तमन्ना भाटिया, साउ फिल्मकी चर्चित अभिनेत्री हुन् । तमन्ना साउथमा मात्र हैन् बलिउडमा समेत लोकप्रिय छिन् । अझ तमन्नाको लोकप्यिता प्रभाष स्टारर ‘बाहुबली’ सिरिजमा काम गरेसँगै चुलियो । बहुबाली अगाडी साउथ फिल्मनगरीसँगै बलिउडका केहि फिल्ममा समेत काम गरेकी तमन्नाको चर्चा सिमित थियो ।

तर, बाहुबलीले त्यसलाई निकै बढायो । त्यसयता उनको व्यस्तता झनै बढ्दो छ । यिनै तमन्नाले हालै रवी तेजाको अभिनय रहने साउथ फिल्मक छाडेकी छिन् । त्रिनाड राव नक्किनाको निर्देशन रहने एक्सन एण्ड रोमान्टिक ड्रामालाई तमन्नाले छाडेकी हुन् । उनले फिल्म छाड्नुको कारण पारिश्रमिक रहेको बताएकी छिन् । एक अन्तर्वार्ताको क्रममा उनले फिल्मनगरीमा एक्टर र एक्ट्रेसलाई लिएर पारिश्रमिकमा निकै भेदभाव हुने बताएकी थिइन् ।

‘हामी काम बारबार गर्छौ । प्रचारप्रसारमा पनि उस्तै हिड्छौ तर हाम्रो पारिश्रमिक निकै कम हुने गरेको छ’ तमन्नाले भनिन् । बुझीए अनुसार उनलाई फिल्मको निर्माण टिमले २ करोड ५० लाख अफर गरेको थियो । यद्दपी तमन्नाले ३ करोड भन्दा कममा आफुले काम नगर्ने बताएकी थिइन् । विभिन्न मिटिङमा पनि सहमति नभएपछी उनले फिल्म नगर्ने निर्णय लिएकी हुन् । एजेन्सी ।

Recent Comments

Top