बास्तु शास्त्रका अनुसार सुत्ने कोठामा वा विस्तारा नजिकै राखिने केही सामानहरुले पनि हाम्रो निन्दा बिगारिरहेका हुन्छन् । जुत्ता–चप्पल – सुत्ने समयमा सधैँ आफ्ना जुत्ता–चप्पल कोठाभन्दा बाहिर राख्नुपर्छ । यदि जुत्ता वा चप्पल आफ्नो विस्तारानजिकै राख्नुभयो भने तपाईंमा नकारात्मक उर्जा पैदा गर्छ ।
पानीको जग – सिरानी नजिकै पानीको जग राख्ने प्रचलन नै छ । यस्तो गर्दा मानसिक रोगको शिकार हुने बास्तु शास्त्रमा उल्लेख गरिएको छ । पानीको भाँडा सिरानीमा राख्दा चन्द्रमा प्रभावित हुने र स्वाभावमा परिवर्तन गरेर रिसाहा प्रवृतिको हुने बताइन्छ ।
तेल- सुत्ने समयमा कुनै पनि प्रकारको तेल आफ्नो साथमा राख्नुहुँदैन । यसो गर्दा जीवनमा अनेक समस्या र उल्झनहरु आइपर्छन् ।
ऐना – पति–पत्नीको बिस्तारा नजिकै ऐना राख्नुहुँदैन । यसले शारीरिक रोग पैदा गर्छ । साथै, पति–पत्नीबीच अनावश्यक मनमुटाव हुन्छ । नवविवाहित जोडीले कहिल्यै पनि आफ्नो कोठामा ऐना राख्नुहुँदैन ।
मोबाइल/ल्यापटप -मोबाइल र ल्यापटप सुत्नुअघि नै आफूभन्दा केहि पर राख्नुपर्ने बताइन्छ । बास्तु शास्त्रले पनि मोबाइल र ल्यापटपले राहु दोष पैदा गर्ने र यसले मानिसमा असर गर्ने उल्लेख गरेको छ ।
Recent Comments