यतिबेला बलिउडका अभिनेता रणबिर कपुर पितृ शोकमा छन् । कोरोना कहरले बलिउड ठप्प छ । तर, पनि फिल्म क्षेत्र पूर्णरुपमा बन्द भएको अवस्था छैन् । पूर्वप्रमिका समेत रहेकी दीपिका पादुकोणसंग रणविरले पुनः एकपटक फिल्म गर्ने भएका छन् ।
रणविर र दीपिकालाई लिएर संजय लीलाको फिल्म बाइजु बावरा निर्माण गर्न लागेका हुन् । संजय लीला भंसालीले रणवीर सिंह र दीपिका पादुकोणसँग राम लीला, बाजिराओ मस्तानी र पद्मावतमा काम गरेका थिए तर भंसालीले अब रियल लाइफ पार्टनरलाई फिल्ममा नखेलाउने मनसाय बनाएका छन् ।
रणबिर कपुरले संजय लीला भंसालीको चलचित्र सावारियाद्धारा बलिउडमा डेब्यू गरेका थिए । अन्तिम पटक रणबिर कपुर र दीपिका पादुकोण इम्तियाज अलिको फिल्म तमाशामा सँगै देखिएका थिए ।रणबिर कपुरको अर्को प्रोजेक्ट पनि आउँदैछ । उनी अयान मुखर्जीको फिल्म ब्रह्मास्त्रमा आलिया भाटसँग स्क्रिनमा देखिंने छन् ।
Recent Comments