logo
Advertisement

काजोलसंगको पुरानो फोटो सेयर गर्दै अजय देवगणले इन्ट्राग्राममा किन यस्तो लेखे, जसले काजोलको मन दुख्यो !

७ जेष्ठ २०७७, बुधबार मा प्रकाशित


कोरोना भाइरसको कारणले गर्दा विश्वका विभिन्न देशहरु बन्दाबन्दी अवस्थामा छन् । बन्दाबन्दीको कारणले मानिसहर घरैमा बसेर दिन बिताइरहेका छन् । बलिउडका कलाकार अजय देवगणले इन्स्टाग्राममा पत्नी काजलसँगै भएको पुरानो फोटो सेयर गरेका छन् । उनले फोटोको क्याप्सनमा लेखेका छन्, ‘यस्तो लागिरहेको छ की लकडाउन सुरु भएको २२ वर्ष भएको छ ।’

उनको फोटोमा उनका समर्थकहरुले विभिन्न किसिमका कमेन्टहरु गरिरहेका छन् । चलचित्रमा व्यस्त भइरहने अजय अहिले आफ्नो परिवारसँग बसेर समय बिताइरहेका छन् । उनको पछिल्लो चलचित्र तानाजी थियो । तानाजीमा आफ्नो अभिनयले धेरैको मन जितेका थिए ।

अब आउने समयमा उनले मैदान, आरआरआर, चाणक्य, थ्यांक्स गडका साथै तमिल ब्लकबस्टर कैथीको हिन्दी रिमेकमा काम गर्नेछन् । अजय देवगणले सन् १९९१ मा फूल और काँटेबाट बलिउडमा डेब्यू गरेका थिए । उनले तानाजीसहित १०० चलचित्रमा काम गरिसकेका छन् । ५१ वर्षीय अजय देवगणका पछिल्लो समयमा हिट चलचित्रहरु आइरहेका छन् । एजेन्सी ।

Recent Comments

Top