logo
Advertisement

कालापानी, लिपुलेक र लिम्पियाधुरा बिवादमा नेपाललाई चिनको साथ नरहने संकेत ? आयो चीनको यस्तो धारणा

७ जेष्ठ २०७७, बुधबार मा प्रकाशित

नेपालको भुमि कालापानि, लिपुलेक र लिम्पियाधुरा मिचेर भारतले एकतफी सडक निर्मण गरेको बिषयले नेपालमा ठूलो बिरोध भैईरहेको छ । तर, यसमा जोडिएको छिमेकी देश चीनले भने नेपाललाई साथ नदिने अवस्था देखिएको छ । हो, चीनले कालापानी नेपाल र भारतको द्विपक्षीय विषय भएको उल्लेख गर्दै कुनै पक्षले गर्ने एकपक्षीय कार्यले परिस्थिति झन् जटिल बनाउने टिप्पणी गरेको छ ।

भारतले पिथौरागढबाट चीन जोड्ने सडक उद्घाटन गरेपछि नेपालले कडा आपत्ति जनाउँदै सोमबार लिम्पियाधुरासम्मको जमिन समेटेर नयाँ नक्सा जारी गरेको थियो । मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनलाई जवाफ दिने क्रममा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता जाओ लिजियानले बेइजिङमा भनेका छन्, ‘कालापानी नेपाल र भारतको इस्यु हो ।

हामी विश्वास गर्छौँ कि दुई देशले मैत्रीपूर्ण संवादबाट आपसी मतभेद समाधान गर्नेछन् अनि एकपक्षीय रूपमा कुनै पक्षले कदम चाल्दा परिस्थिति थप जटिल हुनेतर्फ पनि उनीहरूले ध्यान दिनेछन् ।’ प्रवक्ता जाओ लिजियानलाई कालापानीका सम्बन्धमा सेन्झेन टिभीका पत्रकारले प्रश्न सोधेका थिए । नयाँ पत्रिका ।

Recent Comments

Top