logo
Advertisement

केकी अधिकारी र नाजिर हुशेनको फिल्म ‘राज्जा रानी’ मैथिलीमा हेर्नुभयो त ?(युट्युब भिडियो)

६ जेष्ठ २०७७, मंगलवार मा प्रकाशित

कोरोना कहरले यतिबेला फिल्म बजार पनि ठप्प जस्तै छ । तर, केही फिल्मकर्मी अनलाईन मार्फत फिल्म रिलिज गर्ने तयारमिा समेत जुटेका छन् । हालै फिल्म ‘राज्जा रानी’ मैथिली भाषामा सार्वजनिक भएको छ । अभिनेता नाजिर हुसेन र केकी अधिकारी अभिनित फिल्म ‘राज्जा रानी’ युट्युवमा शुक्रबार सार्वजनिक भएको हो ।

यस फिल्मलाई नेपाली भाषामा सन् २०१८ मा युट्युबमा सार्बजनिक गरिएको थियो । फिल्मलाई अत्यन्तै रुचाइएको थियो । फिल्म तराईको दाइजो प्रथाको कथामा बनेको छ ।

फिल्मलाई याम थापाले निर्देशन गरेका हुन् । फिल्ममा केकी र नाजिरसँगै कामेश्वर चौरासिया, दीपक क्षेत्री, संगीता नापित, सरिता राजोपाध्याय, अरुण रेग्मी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

Recent Comments

Top