logo
Advertisement

मन थामेर गायिका नेहा कक्कडको कथा सुन्नुस् : संगीत सिक्नकै लागि समोसा बेच्थिन

६ जेष्ठ २०७७, मंगलवार मा प्रकाशित

नेहा कक्कड, बलिउडकी चर्चित गायिका हुन् । जादुमयी स्वरले बलिउडमा धुम मच्चाएकी उनी केही समय पहिले प्रेमका कारण पनि चर्चामा आएकी थिइन् । केही समय पहिले इन्डियन आइडलममा जजको रुपमा काम गरेकी नेहाका धेरै गीत चर्चित छन् ।

अत्यन्तै दुख गरेर संगित सिकेकी नेहा कक्कडको स्वरमा जादु नै छ । उनको बुबा समोसा व्यापारी थिए । संसारभर सर्वाधिक खोजी हुने गायिकाको सूचिमा समेत पर्न सफल भएकी नेहाले बुवा समोस व्यापारी भएकै कारण समोसा बेच्दै संगित सिकेकी थिइन् ।

अहिले उनले भिगी भिगी’ बोलको रोमान्टिक गीत लिएर दर्शकमाझ आएकी छिन् । उनको भाइ टोनी कक्कड पनि देखिएको यो गीत केही दिनअघि रिलिज भएको थियो ।

Recent Comments

Top