logo
Advertisement

पूर्वपत्नी मीना ढकालले मनोज गजुरेललाई जन्मदिनमा यस्तो क*डा शुभकामना दिईन्

६ जेष्ठ २०७७, मंगलवार मा प्रकाशित

हास्यकलाकार मनोज गजुरेलको जन्मदिनमा उनकी पूर्वपत्नी मीना ढकालले पनि व्यंग्यात्मक शुभकामना दिएकी छन् । केही वर्ष अघि सम्बन्ध विच्छेद गरेकी मीनाले सोमबार पूर्वपति मनोजलाई जन्मदिनको शुभकामना दिएकी हुन् । सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना दिएकी उनले मनोजको विवाहको पनि कामना गरेकी छन् ।साथै उनले बाँकी जीवन रंगिन बनोस् भनेर पनि मनोजलाई शुभकामना दिएकी छन् ।

फेसबुकमार्फत मनोजलाई शुभकामना दिएकी मीनाकै शब्दमा : आज तिम्रो जन्मदिन परेको कुरा तिमिलाइ गुरु मान्ने तिम्रो ताप्लेजुङे छिमेकी भाइ मार्फत यश संजालको भित्तामा देखे। जन्मदिनको सम्पुर्ण शुभकामना तिमिलाइ?यसै अबसरमा केही कुरा नलेख्दा फेरि हाम्रा शुभचिन्तकलाई मैले तिमिलाई सम्झेको भन्दै गलत अर्थ लाग्ने भएकोले केही लेख्नै पर्ने मेरो पनि बाध्यता! हेरन….. हुनत तिमी दुनियाँको लागि हात्ति होलाउ !

तर, मेरो लागि झिंगा होउ! भनिन्छ नि झिंगाको श्रापले डिंगा मर्दैन….. म हो त्यही डिंगा हु ! तिमिले मलाई सडकमा देख्न चाहेको तिम्रा मनोकांक्षा पूरा होलान नहोलान.. तिम्रा प्रार्थना भाकल केके जातिको सुनुवाइ होला नहोला !! तर म सडकको ब्यक्तिलाई महलमा पुर्याउन सक्ने गुण,क्षमता, सामर्थ्य भएकी एक अदभूत नारी हु भन्ने कुरा तिमिलाई भन्दा सायदैलाई थाहा होला । भिडियो हेर्नुहोस

Recent Comments

Top