logo
Advertisement

अनमोलकी हिरोइन अदितीलाई दोश्रो फिल्म’बेञ्जो’को पखाई, कहिले खुल्छ त लकडाउन

६ जेष्ठ २०७७, मंगलवार मा प्रकाशित

कोरोना कहरका कारण विश्वनै लक डाउनको अवस्थबाट गुज्रि रहेको छ । नेपलमा पनि यसले ठूलो असर गरी रहेको छ । जसमा फिल्म क्षेत्र पनि मुख्यरुपमा प्रभावित बनेको छ । प्रतिक्षा गर्दा गर्दै विश्वकै मानिसहरु हैरान भैसके । तर, लक डाउन खुल्ने कुनै चाँजोपाजो नै छैन । अभिनेता अनमोल केसीसँग फिल्म ‘कृ’ मा काम गरेको २ बर्षपछि बल्ल बल्ल अभिनेत्री अदिती वुढाथोकीलाई निर्देशक सुरेन्द्र पौडेलले पत्याए ।

सुरेन्द्रले नै अदितीलाई फिल्म ‘कृ’मा काम गराएका हुन् । तर, उनलाई यो फिल्मबाट सोचेजस्तै सफलता भने मिलेन । अब, उनी ‘बेञ्जो’ नामक फिल्ममा काम गर्ने तयारीमा थिइन् । तर, लक डाउनले फिल्मको छायांकन अवरुद्ध भैदियो । अब, लक डाउन कहिले खुल्ला र फिल्मको काममा फर्किन पाइएला भन्ने अदितीलाई लाग्न थालेको छ ।

नलागोस् पनि कसरी, २ बर्षदेखि काम नै नगरी बस्दा हुदैन त तनाव । तर, अदितीले आफूलाई कहिले पनि काम गर्न पाइएन भनेर देखाउन पनि चाहिनन् । बरु, म्यूजिक भिडियो, विज्ञापनमा भने काम गरिरहिन् । मुम्बई बसेर काम गरिरहेकी यी अभिनेत्रीलाई दोश्रो फिल्मबाट दर्शकमाझ आउने चाहना कहिले पुरा होला भन्ने त लागेको होला ।

तर, उनी सामाजिक संजाल इन्स्टाग्रामबाट भने दर्शकमाझ आइरहेकी छिन् । लक डाउन होस् या नहोस्, अदितीलाई सामाजिक संजालले गर्मिलो भने बनाएको छ । फिल्म खेलेपनि नखेलेपनि, इन्स्टाग्राममा अदिती एक्टिभ छिन् ।

Recent Comments

Top