logo
Advertisement

यी अभिनेत्रीले गर्भवती देखिनका लागि यतिसम्म गरिन !

६ जेष्ठ २०७७, मंगलवार मा प्रकाशित

बलिउडमा आफ्नो भुमिकाका लागि कलाकारहरुले ठूलो मेहनत गर्ने गर्छन् । यहीबीच अभिनेत्री कृती सेनन चलचित्र ‘मिमी’को छायाङ्कनमा लकडाउन अगाडि व्यस्त थिइन् । यो फिल्म उनको करिअरका लागि महत्वपूर्ण रहेको बताइएको छ ।लक्ष्मण उतेकरको निर्देशनमा तयार भइरहेको यो फिल्ममा उनी गर्भवती महिलाको भूमिकामा देखिँदैछिन् ।

लकडाउनका कारण यो फिल्मको छायांकन रोकिएको छ यसैले यसको प्रदर्शन मिति पछि धकेलिने निश्चित छ । यो फिल्ममा गर्भवती महिलाको भूमिकामा देखिनका लागि अभिनेत्री कृती सेननले तौल बढाएकी छिन् । यो विषयमा भारतीय मिडियासँग कुरा गर्दै कृतीले भनेकी छिन्–‘मैले तौल बढाउनका लागि योगा र व्यायाम छाडेकी थिएँ । मलाई थाहा थियो, तौल बढाउने काम सजिलो होइन ।’

कृतीले हलुवा र पुरी खान थालेको साथै केकहरू पनि खान थालेको बताएकी छिन्। उनले, भोक नलागेको समयमा पनि चिज खान थालेको उल्लेख गरेकी छिन् । कृतीले भनिन्–‘यो एउटा मात्र प्रोजेक्ट थियो जुन मैले कथा नै नसुनी हुन्छ भनेकी थिएँ । जब मैले कथा पढेँ, मैले थाहा पाएँ कि यो कती चुनौतीपूर्ण छ ।’ लकडाउनका कारण फिल्ममा कृतीको सुरुवाती गीत खिच्न बाँकी छ ।

Recent Comments

Top