logo
Advertisement

भारतमा अमिताभ बच्चन र अक्षय कुमारको फिल्मलाई लिएर चौतर्फी बिवाद

६ जेष्ठ २०७७, मंगलवार मा प्रकाशित

विश्वभरी फैलिएको कोरोना भाइरसका कारण सम्पूर्ण मनोरञ्जन सेवा बन्द छ । जसको असर विश्वको सिनेमाको ठूलो बजार भारतमा पनि परेको छ । लक डाउनका कारण हलमा ताला लागेपछि कमाई हुने कुरा पनि भएन । तर, अब विस्तारै भारतका हल संचालकहरुलाई नयाँ चुनौतीको सामना गर्नुपर्ने अवस्था आउँदैछ । नायक अमिताभ बच्चन र आयुष्मान खुराना अभिनित चलचित्र ‘गुलाबो सिताबो’ डिजिटल प्लेटफर्ममा रिलिज हुने भएपछि हल संचालकहरुमा तनाव सुरु भएको हो ।

यही कारणले, चलचित्रहरु सिधै डिजिटल माध्यमबाट रिलिज हुन थालेपनि चलचित्र भवन नै बन्द गर्नुपर्ने अवस्था आउँछ भन्ने सोचाई हल संचालकहरुमा उत्पन्न हुन थालेको छ । ‘गुलाबो सिताबो’ मात्र होइन, अक्षय कुमारको ‘लक्ष्मी बम’, नायिका विद्या बालनको चलचित्र ‘शकुन्तला’ डिजिटल रिलिजका लागि तयार छन् ।भारतका चलचित्र प्रदर्शक तथा एक्सजीविटर्स एसोसिएसन अफ इन्डियाका अध्यक्ष नितिन दातार भन्छन्–‘हामी, चलचित्र सिधै डिजिटल प्लेटफर्मबाट रिलिज होस् भन्ने चाहदैनौ ।

यदि, निर्माताहरुले यस्तो निर्णय लिन्छन् भने पहिला हामीसँग कुराकानी गर्न आवश्यक छ । उनले, निर्माताले चलचित्रमा लगानी गरेजस्तै हल संचालकले पनि हलमा करोडौ लगानी गरेको बताए । उनले २ महिना पर्खन सक्ने निर्माताले अब २ महिना पनि पर्खन आवश्यक रहेको प्रतिक्रिया दिएका छन् । चलचित्र हल बन्द भएको अवस्थामा वेरोजगारी संख्या बढ्ने उनको तर्क छ । उनले भने–‘चलचित्र हल एउटा चेनमा चल्छ ।

हलका कर्मचारी, क्यान्टिनमा काम गर्ने मजदुर, पार्किङमा काम गर्ने, सरसफाई कर्मचारी, सुरक्षाकर्मी लगायतको जागिर धरापमा पर्न सक्छ । यो बिषयमा मराठा मन्दिरका संचालक मनोज देसाइले वीवीसीसँग भनेका छन्–‘महाराष्ट्रमा कोरोनाको केश सबैभन्दा बढी छ । यसैले, हलहरु कहिलेबाट खुल्छ भन्न सकिने अवस्था छैन ।

यसैले, जुन निर्माता तथा निर्देशकको चलचित्र रिलिजका लागि तयार भएको छ, उनीहरु किन नोक्सान सहेर बस्छन् । उनीहरुले त चलचित्र रिलिज गर्छन् नै ।बलिउडमा अहिले ठूलो बजेटमा तयार भएका चलचित्रका निर्माताहरु हलमै रिलिजका लागि प्रतिक्षा गरिरहेका छन् । नायक अक्षय कुमारको चलचित्र ‘सूर्यवंशी’ हलमै रिलिज गर्ने प्रतिक्षामा यसका निर्माता छन् । मल्टिप्लेक्स चेन आइनक्सले आफ्नो विज्ञप्तीमा भनेको छ–‘यो मुश्किल घडीमा निर्माताहरुले अन्य माध्यमबाट चलचित्र रिलिज गर्न थालेकोमा हामी दुखी छौ ।

अहिलेसम्म हामीले निर्मातासँग काँध मिलाएर काम गरेका छौ । तर, अब निर्माताहरुको यो निर्णयले समझदारीको बाटोलाई प्रदुषित बनाएको छ । बलिउडमा अहिले निर्माता र हल संचालकहरुविच यो बिषयलाई लिएर लफडा सुरु भएको छ । यसले हल संचालकहरुमा एक प्रकारको तनाव पैदा गरेको छ ।

Recent Comments

Top