logo
Advertisement

नेपाली कलाकार फिल्म खेल्नमा भन्दा टिकटकमा झुम्मिनमा व्यस्त, चल्तीका प्रायः अभिनेत्रीहरु टिकटकमा झुम्मिए

६ जेष्ठ २०७७, मंगलवार मा प्रकाशित

नेपालमा सामाकि संजालको प्रयोग बढेसंगै नेपाली सेलिब्रेटीहरु पनि यस्मै रमाउन थाले । जसले फिल्मको ब्यापारमा पनि असर गरेको भन्नेहरु पनि धेरै छन् । झन अहिले टिकटकको लोकप्रियताले धेरै सेलिब्रेटीहरु यसमा जोडिएका छन् । चल्तीका अधिकांश नेपाली नायिकाहरूलाई टिकटकमा नियमित देख्न सकिन्छ । यसमा सुरुदेखि सक्रिय र राम्रो फलोअर्स कमाएकी नायिका वर्षा राउत हुन् ।

फिल्ममा व्यस्त हुँदाहुँदा पनि उनी नियमित टिकटक भिडियो बनाउन समय निकाल्थिन् । अहिले त झन् समय नै समय छ । टिकटकमा अहिलेसम्म दुई सय २९ भिडियो पोस्ट गरेकी वर्षाका आठ लाख ४३ हजार ६ सय फलोअर्स छन् । यसैगरी उनले कुल मिलाएर १ करोडभन्दा बढी लाइक्स प्राप्त गरेकी छिन् । उनी ट्रेन्डिङमा रहेका गीत र डाइलगहरूमा अभिनय गर्छिन् । अर्की चर्चित नायिका आँचल शर्मा पनि टिकटककी सक्रिय युजर हुन् ।

दुई वर्षदेखि टिकटकमा देखिँदै आएकी उनका फलोअर्स पाँच लाख ८४ हजार जना छन् । आँचललाई टिकटकले निकै फाइदा पनि भएको छ । उनले म्युजिक भिडियो खेलेका धेरै गीत टिकटकबाट हिट भएका छन् । फिल्ममा खासै चम्किन नसकिरहेकी नायिका नीता ढुंगाना टिकटकमा भने निकै चम्केकी छन् । उनको अभिनय र डान्स दुवै लोभलाग्दो हुन्छ ।

टिकटकमा दुई लाखभन्दा बढी फलोअर्स कमाएकी नीताले अहिलेसम्म ५ सय १७ वटा भिडियो पोस्ट गर्न भ्याएकी छन् । पहिले टिकटकमा खासै नदेखिने पूजा शर्मा पनि आजकल धेरै भिडियोहरू बनाउँछिन् । उनको टिकटकमा दुई लाख ६८ हजार फलोअर्स छन् भने अहिलेसम्म ८० भिडियो पोस्ट गरेकी छिन् । टिकटकमा बेलाबखत देखिने गरेका नायिकाहरूमा केकी अधिकारी, प्रियंका कार्की, श्वेता खड्का, शिल्पा पोखरेल, सुष्मा कार्कीलगायत छन् । पछिल्लो समय सुष्मा कार्की र पूजा शर्माबीचको टकरावले टिकटकमा राम्रै स्थान पाइरहेको छ ।

नायिका वर्षा शिवाकोटी पहिले टिकटकको ‘खुंखार विरोधी’ थिइन् । स्थापित कलाकारहरूले टिकटकमा अभिनय गरेर आफूलाई सस्तो बनाउनुहुँदैन भन्ने उनको मान्यता थियो । तर, अहिले उनले पनि टिकटकमा इन्ट्री मारेकी छिन् । टिकटकमा आउनुको कारणबारे उनले अनलाइनखबरसँग भनिन्, ‘मलाई धेरै साथीभाइ र दर्शकहरूले टिकटकमा आउन आग्रह गरिरहनुभएको थियो ।

पहिल्यै इन्ट्रेस्ट लागेको थिएन । तर, अहिले यो निकै ठूलो प्लेटफर्म भइसकेको रहेछ । त्यसैले आफ्नो चलचित्र र म्युजिक भिडियोको प्रमोसन पनि गर्न सकिन्छ भन्ने हिसाबले आएकी हुँ । म जे पायो त्यही भिडियो पोस्ट गर्दिनँ ।’

Recent Comments

Top