logo
Advertisement

कालापानि बिवादमा नेपाली र भारतीय सेना आम्नेसाम्ने ? भारतिय सेनाप्रमुख भन्दा नेपाली सेना धेरै संयमित

६ जेष्ठ २०७७, मंगलवार मा प्रकाशित

यतिबेला नेपाल भारतबीच कालापानि, लिपुलेक र लिम्पियाधुराका बिषयमा बिवाद चर्किदो छ । यो बिवाद भारतका रक्षामन्त्री राजनाथ सिंहले २६ वैशाखमा चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) विपिन रावत र सेना प्रमुख जनरल मनोज मुकुन्द नरभानेसहितका उच्च सैनिक अधिकारीलाई छेऊमा राखेर नेपाली भूमि अतिक्रमण गरेर बनाइएको कैलाश मानसरोवर जोड्ने सडक भिडियो कन्फरेन्सबाट उद्घाटन गरेका थिए ।

उक्त कन्फरेन्समा रक्षामन्त्री सिंहले भनेका थिए, ‘यो सडक रणनीतिक, धार्मिक र व्यापारिक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण छ । भारतीय सेना प्रमुख नरभानेले विवादास्पद अभिव्यक्ति दिएसँगै नेपाली सेनाले पनि जवाफ फर्काउनुपर्ने माग जनस्तरमा उठ्यो । तर, प्रधानसेनापति पूर्णचन्द्र थापाले संयमता देखाउँदै भारतीय समकक्षीको भनाइप्रति ‘आवश्यकता भए उपयुक्त मञ्च’मा कुरा राख्ने जनाए ।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेमार्फत थापाले सन्देश प्रवाह गरेका थिए, ‘सो सम्बन्धमा आवश्यकता पर्दा नेपाली सेनाको आधिकारिक धारणा प्रधानसेनापतिबाट विधिसम्मत ढंगबाट उपयुक्त मञ्चमा व्यक्त हुनेछ ।’ नेपाली सेनाका एक पूर्वप्रमुखले प्रधानसेनापति थापाले यो प्रकरणमा ‘सुझबुझ’ देखाएको टिप्पणी गरे ।

उनले भने, ‘यसमा सेना संलग्न हुनु भनेको समस्यालाई थप जटिलतातर्फ धकेल्नु हो ।’ नेपाल–चीन–भारत सम्बन्धका जानकार गेजा शर्मा वाग्ले पनि यो दुवै मुलुकको सैन्य निकायले टिप्पणी गर्ने विषय नभएको बताउँछन् । ‘भारतीय सेना प्रमुखले अभिव्यक्ति दिए भनेर नेपाली सेनाले जवाफ फर्काएको भए, त्यो अर्को गल्ती हुने थियो’, उनले भने,

‘बरु भारतीय सेना प्रमुखको भनाइबारे अहिलेसम्म नेपाल सरकारको औपचारिक धारणा नआउनुचाहिँ अत्यन्त रहस्यमय विषय हो ।’ संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले पनि भारतका सेना प्रमुख नरभानेले दिएको अभिव्यक्ति उत्तेजनात्मक भएको ठहर गर्दै कूटनीतिक तहबाट खण्डन गर्न सोमबार सरकारलाई निर्देशन दिइसकेको छ ।

Recent Comments

Top