logo
Advertisement

केरोनाको भ*या/भ*व दृश्य, कुबेतमा अ’लपत्र परेका नेपालीहरु सेल्टरमै बिरामी पर्न थाले

६ जेष्ठ २०७७, मंगलवार मा प्रकाशित

कुवेत सरकारले दिएको आममाफीको कारण आफ्नो आवास छोडेर कुवेतका विभिन्न क्याम्प तथा स्कुलमा अस्थायी रुपमा बसेका नेपालीहरु बिरामी पर्न थालेका छन् । यति बेला ३ हजार ५ सय बढी नेपाली कुवेतका विभिन्न स्थानमा अलपत्र अवस्थामा छन् । कुवेतको जिलिव र फर्मानिया र इराकको सीमा क्षेत्रका विभिन्न स्थानमा अलपत्र अवस्थामा रहेका नेपालीहरु उद्धारकालागि नेपाल सरकारलाई गुहारी रहेका छन ।

ठूलो संख्यामा स्कुल तथा क्याम्पमा बसेको कारण खान, नुहाउन तथा धेरै दिदिबहिनीहरु बिरामीपर्ने थालेको काठमाडौँकी ज्योती पुनले बताइन् । बिरामी परे पनि अहिलेसम्म कसैको पनि स्वास्थ्य परीक्षण गरिएको छैन । त्यहाँ धेरै दिदिबहिनीहरु बिमारी रहेको बताउँदै उनले अहिलेसम्म उनीहरुको स्वास्थ्य परीक्षण पनि गरिएको छैन १८ दिन भैसक्यो कुनै अतोपत्तो नगरिएको बताइन् ।

कुवेतस्थित नेपाली दूताबासमा फोन गर्दा कुनैपनि समस्या नसुनेको उनले गुनासो गरिन् । संगै बसेका अन्य देशका नागरिकहरु गइसके पनि आफूहरुलाई भने नेपनल सरकारले अनागरिकको जस्तो व्यहार गरेको उनले बताइन् । कुवेतको इराकको सीमानामा रहेका गुल्मीका रामचन्द्र भण्डारीले आफूहरुको अबस्था झन्न नाजुक बन्दै गएको तथा खान र शौचालय लगायको समस्या भएको भन्दै उद्धारको लागि पहल गरिदिन आग्रह गरेका छन् ।

बाग्लुङका यमबहादुर कुमालले अप्रिल २६ तारिखदेखि नेपाल फर्किने भनेर बसी रहेपनि कहिले पठाउछ भन्ने थाहा नदिइएको र साथीहरु बिरामी पर्न थालेको बताए ।उनीहरूका अनुसार चिसो खाना तथा चिसो सिमेन्टमा सुत्नु पारेको कारण पनि बिरामी बढ्न थालेका छन ।

दूताबास र एनआरएनएले पनि आफूहरुको गुनासो नसुनेको भन्दै सामाजिक संजालमार्फत आफूहरुलाई उद्दार गर्न नेपाल सरकारलाई उनीहरुले आग्रह गरिरहेका छन् ।

Recent Comments

Top