logo
Advertisement

दिपिकाको त्यो अविस्मरणीय क्षणमा आमिर खानसँग तस्बिर !

५ जेष्ठ २०७७, सोमबार मा प्रकाशित

बलिउड अभिनेत्री दिपिका पादुकोण र अभिनेता आमिर खानको पुरानो साइनो र मित्रता उनीहरको एक तस्बिरसँगै चर्चामा आएको छ । सन् २००० को जनवरीको पहिलो दिन दिपिका आफ्ना आमा बाबु र बहिनीसँगै आमिरसँग पारिवारिक जमघटमा थिइन् । सोही बेलाको पारिवारिक तस्बिर हालै सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

दिपिका बाबु प्रकाश पादुकोण, आमा उज्वला र बहिनी अनिशासँगै बसिरहेकी देखिन्छिन् । साथमा आमिर पनि छन् । उक्त दुर्लभ तस्बिर सार्वजनिक गर्दै दिपिकाले यस पछाडिको प्रसंग पनि ‘शेयर’ गरेकी छन् । दिपिकाले त्यसबेला आमिरसँग खाना खाएको प्रसंग उल्लेख गर्दै जुन अति नै असहज अवस्था भएको प्रतिक्रिया दिएकी छन् । साथै दिपिकाले त्यसबेला १३ वर्षको उमेरको मात्रै रहेको पनि खुलाएकी छन् ।

‘जनवरी १, २००० मा म १३ वर्षकी थिएँ, र अप्ठ्यारो महसुश गरेकी थिएँ । अझै त्यस्तै महसुश हुन्छ । आमिरले दहीसँग खाना खाँदै थिए । म भोकै थिएँ, अहिले जस्तै । तर उनले खाना खान आग्रह गरेनन् र मैले पनि सोधिन, हेर्नूस्,’ दिपिकाले भनेकी छन् । गत वर्ष आमिर खानले दिपिकाको फिल्म ‘छपाक’को ट्रेलर सार्वजनिक भएपछि नै खुलेर प्रशंसा गरेका थिए ।

यसबीचमा आमिर र दिपिकाको उक्त तस्बिरलाई लिएर सोसल मिडियामा धेरै टिप्पणी भएका छन् । त्यसबेला दिपिका फिल्ममा प्रवेश गरिसकेकी थिइनन् । उनको पहिलो फिल्म ‘बचना हे हसिना’ थियो ।

Recent Comments

Top