बलिउडका सुपरस्टार अभिनेता सलमान खानको स्वर हरेको गीत ‘तेरेबिना’को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । अभिनेता खानले सामाजिक सञ्जाल ट्विटर र इन्स्टाग्राममार्फत गीतको भिडियो सार्वजनिक गरेका हुन् ।
उनले दुवै सामाजिक सञ्जालमा गीतको भिडियोबको युट्युब लिंक समेत सेयर गरेका छन् । गीतको भिडियोमा सलमान खान र जैकलिन फर्नांडिजको को अभिनय रहेको छ । यो जोडीको रोमान्टिक अवतारलाई दर्शकले मन पराएका छन् । ‘रेस–३’पछि सलमान र जैकलिन पहिलोपटक यो गीतमा देखिएका हुन् ।
गीतको म्युजिक भिडियोको निर्देशन पनि सलमान आफैँले गरेका छन् । गीतमा अजय भाटियाको संगीत र शबिर अहमदको रचना रहेको छ । यो गीतको सुटिङ लकडाउनकै बीचमा सलमानकै पानवेल फर्महाउसमा गरिएको हो । गीतको सुटिङ चार दिन लगाएर तीन जनाले गरेको सलमानले बताएका छन् । गीतमा पानवेल फार्महाउका सुन्दर दृश्यहरु देखाइएको छ ।
Recent Comments