भारतले गरेको नेपाली भूमि अतिक्रमणको चौतर्फी विरोध भईरहँदा वरिष्ठ गायक नारायण रायमाझीले राष्ट्रिय भावनाले ओतप्रोत गीत सार्वजनिक गरेका छन् । सधै मौलिक र मार्मिक गीत गाउँदै आएका रायमाझीले यसपटक देशको महिमा र राष्ट्रियताले ओतप्रोत सीमासम्बन्धी गीत सार्वजनिक गरेका हुन् ।
‘छिमेकीले बनायो मूलबाटो’बोलको उक्त गीतमा नारायण रायमाझी र शान्तिश्री परियारको स्वर छ । रमेश बि.जी.को रचनामा तयार गीतमा गायक रायमाझी स्वयंमको संगीत छ । गीत रीमा ईन्टरटेन्मेन्टको युट्युब च्यानलमा हेर्न र सुन्न सकिन्छ । गीत सार्वजनिक भएसंगै धेरैले प्रशंसा गरेका छन् ।
साथै धेरैले यस गीतलाई शेयर गरिरहेका छन् । भारतले नेपाली भूमि अतिक्रमण गर्दै तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि नयाँ बाटो खोलेको हो । त्यससंगै नेपालमा चौतर्फी आलोचना तथा विरोधका कार्यक्रमहरु भएका छन् ।
भिडियो :
Recent Comments