logo
Advertisement

लाइन्स क्लब काठमाडौँ न्यु वेभको अध्यक्ष कलाकार खतिवडा निर्वाचित

५ जेष्ठ २०७७, सोमबार मा प्रकाशित

नेपाली अभिनेता संजय खतिवडा लाइन्स क्लब काठमाडौँ न्यू वेभको अध्यक्ष पदमा निर्वाचित भएका छन् । ओस्कार कलेजमा अभिनयमा ग्रेजुएसन गरेका अभिनेता खतिवडा लामो समय देखि फिल्म क्षेत्रमा सक्रिय छन् । फिल्मसंगै सामाजिक कार्यमा समेत सक्रियल रहेका खतिवडा सामाकि जिम्मेवारी बहन गर्ने उदेश्यका साथ क्लबको अध्यक्ष पद आएका हुन् ।

सामाजिक कार्यहरुमा सक्रिय संस्था लाइन्स क्लबले विभिन्न महामारीमा समेत आर्थिक अवस्था कमजोर भएकाहरुलाई सहयोग गर्ने गरेको छ । विश्वमा देखिएको कोरना महामारीले निम्त्याएको मानवीय संकटबाट सुरक्षीत रहन देशमा भैरहेको लकडाउनको समस्याबाट सर्बसाधारणको दैनिकीमा परेको असरका कारण बिहान बुलुका छाक टार्ने समस्यालाइ महसुस गरि संकटमा रहेका देशको कला क्षेत्रमा योगदान गर्ने कलाकार तथा प्रावीधीक र उनिहरुको परिवार ९४५ परिवार का १६० जनालाइ केहीसमय सहज हुनेगरी उनिहरु बसेकै ठाउँ ललितपुर बालकुमारीमा नै गएर कलाकार संजय खतिवडा आबद्ध लायन्स क्लव अफ काठमाण्डौ न्यु वेभको तर्फबाट दैनीक उपभोग्य सामाग्री हस्तान्तरण गरिएको थियो ।

भौतिक पूर्वाधार एवं शैक्षिक विकासको क्षेत्रमा पछाडी रहेको कर्णाली प्रदेश अन्तरगत डोल्पा जिल्लाको दुनैमा लाइन्स क्लब अफ न्युवेभले अपाङ्गगता भएका असाय बालबालिकाहरुको सुविधा सम्पन्न विद्यालय भवनको निर्माण सुरु गरेको छ । यो अभियानमा पनि खतिवडाको सक्रियता रहेको छ। यसै गरि नेपालको सिमा विवादलाइ समाधान गर्न ‘सिमानामा काँडे तार नामक अभियानमा समेत खतिवडा लागि रहेका छन् ।

खतिवडाको को पहिलो फिल्म ‘कर्णविर’ हो । उनले नेपाली फिल्म संगै र्याम्प शो हरुमा पनि काम गरे । ०५९/६० साल तिर संकटकाल र देशको परिस्थितिले गर्दा अलिक पछि परेको बताउने खतिवडा ०६८/०६९ देखि हाल सम्म नेपाली चलचित्रमा सक्रिय छन् । फिल्म ‘नो स्मोकिंग’, ‘भीमदत्त’संगै प्रदर्शनको तयारीमा रहेको चलचित्र नरसिम्हामा नायकको रुपमा कार्य गरेका उनले नेपाल टेलिभिजनबाट प्रशारण भएको मेघा सिरियल डियर जिन्दगीमा पनि अभिनय गरेका छन् ।

Recent Comments

Top