नेपालीहर यतिबेला छिमेकी देश भारतसंग रुष्ट छन् । नेपालको भुभाग मिचेर चिनले लिपुलेक क्षेत्रमा सडक निर्माण गरेको छ । यसबै बिरोध स्वरुप हाँस्य कलाकार जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरेले हाम्रो भुमि मिच्नेलाई सबक भन्दै भिडियो तयाार पारेका छन् ।
कोरोनाको यो लक डाउनमा उनिहरु विभिन्न चेतनामुलक भिडियो सार्वजनिक गरिरहेका छन् । लिपुलेक र नालापानी हाम्रै हो भन्दै नयाँ भिडियो सार्वजनिक गरेका छन् । सार्वजनिक भिडियोमा छिमेकीले जग्गा मिचेर बाटो बनाएको तर नेपालका नेताहरुले कुनै पनि कदम चाल्न नसकेको कुरालाई उल्लेख गरिएको छ ।
कुमार कट्टेलद्धारा लिखित कथमा धुर्मुस सुन्तलीले अभिनय गरेका छन् । भिडियोमा सितारामको दुइवटा गेटअप देख्न सकिन्छ । भिडियोले नेताले नसके जनता आफैले नेपालको जमिन फिर्ता ल्याउन सक्छन् भन्ने भाव पस्केको छ ।
Recent Comments