logo
Advertisement

करिश्मा मानन्धरलाई कस्ले भन्यो ‘बकुमफुसे फेसबुके राष्ट्रवाद नदेखाउनुस्’

५ जेष्ठ २०७७, सोमबार मा प्रकाशित

यतिबेला भारतिय वेवसिरिज लोक पातलको नेपालमा ठूलो बिरोध भैईरहेको छ । जसलाई नेपाली कलाकारहरुले मुख्यरुपमा जोडतोडले उठाउका छन् । सदाबहार अभिनेत्री करिश्मा मानन्धरले पनि तुच्छ शब्द प्रयोग गरिएको भन्दै आपत्ती जनाइन् । तर, यसमा पनि नेपालीहरुद्धारा नै नकरात्मक कमेन्ट आएका छन् ।

सोमबार बिहानै करिश्माले आफ्नो फेसबुकले लेखेको स्टाटसको केही अंश यस्तो छ, ‘कमजोर पक्षले सधैं प्रतिरक्षात्मक व्यवहार अपनाउने गर्छ । त्यो भनाई साचो हो जस्तो लाग्छ । हरेक पटक जब पनि हाम्रो देशको बारे कुनै नकारात्मक टिप्पणी हुन्छ हामी सबै नेपाली सामाजिक सञ्जालमै भएपनि आ आफ्नो भनाइ राखेर बिरोध प्रदर्शन गर्छौ । यस्मा केही सकारात्मकता भन्ने शब्दलाई सपुर्ण समस्याको समाधान भनेर सोच्ने महानुभावहरुले यो क्रियाकलापलाई बकुमफुसे सोच पनि भनेको पाइन्छ ।

हिजोकै कुरा लिउँ, नेपालको नाम लिएर एउटा छिमेकी मुलुकको सिरियलमा भएका केही शब्दप्रती नेपालीहरुले जनाएको चित्त नबुझाइलाई केही फेसबुक प्रयोगकर्ता साथीहरुले नकारात्मकता फैलाउन खोजेको, जनता उकास्न खोजेको अशान्ति फैलाउन खोजेको भन्दै विभिन्न सामाजिक सञ्जालका समाचारहरुमा प्रतिक्रिया जनाएको देखे ।

जस्तो कि, हामीलाइ नेपाली‘र‘ भन्दैमा के भयो त सकारात्मक सोचौं । सिरियलको दृश्य को माग होला । अनी हाम्रो इतिहास हेर्नुस् हाम्रा चेलिहरुले के गरिरहेका थिए रे १ अझ एक जानाले त जो दिदीबहीनीहरु जो त्यो नरकबाट बचेर फर्किएर त्यही विषय सम्बन्धी सेवाकार्य गरिरहनु भएको छ । उहाँको टेलिभिजनको इन्टरभ्यु समेत हालेर यो हो हाम्रो रियलिटी भनेर राख्नु भएको छ । कसरी आफ्ना चेलीलाई यस्तो लान्छना लगाउन सक्नुहुन्छ ?

अनी जस्ले यो बारे दुई शब्द सामाजिक सञ्जालमा राख्छ फेसबुके राष्ट्रबाद रे ?नभुल्नुस, आज कोभिड १९ ले विश्वलाई गाँजेको बेला फेसबुक या समाजिक सञ्जाल नै यस्तो माध्यम हो जस्ले एक अर्कोलाई जोडेर राखेको छ । अहिलेको अवस्थामा विभिन्न भिडियो कन्फ्रेन्सद्वारा महत्वपुर्ण विचारहरुको आदान प्रदान भई ठुला काम सम्पन हुने बाटो खुलेको छ । यो हो सकारात्मक पक्ष । मेरो प्रश्न उहाँहरुलाई के हो भने हजुरहरु यो टिप्पणी के मा लेख्दै हुनुहुन्छ ?’
९फेसबुके म होइन ?

Facebook Comments

Recent Comments

Top
0
Would love your thoughts, please comment.x
()
x