logo
Advertisement

नेपालीद्धारा नै कलाकार र मोडलमाथि हुने तुच्छ टिप्पणीमा किन विरोध हुँदैन : ऋचा शर्मा

५ जेष्ठ २०७७, सोमबार मा प्रकाशित

नेपालमा यतिबेला कोरोनासंग विभिन्न बिषयले चर्चा र बिवाद निम्त्याई रहेको छ । छिमेकी मुलुकले नेपाली भुमि मिचेर सडक निर्माण गर्यो जसको सर्वत्र विरोध भईरहेको छ । यही समय बलिउड अभिनेत्री अनुश्का शर्माले निर्माण गरेको वेवसिरिज ‘पाताल लोक’ नेपालमा बिवादको बिषय बनेको छ ।

सिरिजमा नेपाली महिलालाई लिएर प्रयोग भएको अपशब्दको सर्वत्र विरोध भइरहेको छ यतिबेला । नेपाली फिल्मका कलाकारहरुले पनि यसमा चर्को विरोध जनाई रहेका छन् । तर, योसँगै अर्को एक प्रश्न पनि कलाकारहरूले उठाएका छन् । सामाजिक सञ्जालमा नेपाली कलाकारमाथि प्रयोग हुने अपशब्दको विषयमा भने कोही नबोलको भन्दै केही कलाकारले प्रश्न उठाएका छन् ।

हरेक कलाकारका युटुबमा सार्वजनिक हुने भिडियो, फेसबुक, इन्स्टाग्रामका तस्वीरहरूमा नेपाली कलाकारहरूमाथि निकै नै तल्लो स्तरको गाली कमेन्टका रुपमा आउने गरेको छ । तर, यो विषयमा नेपाली कलाकार एकजुट भएर विरोध गरेको भने देखिँदैन । आखिर किन ?

अभिनेत्री ऋचा शर्माले यही बिषयमा लेखेकीछिन्–‘फिल्मको निर्माण पक्षले नेपालीहरूसँग माफी माग्नुपर्छ र त्यो शब्द सिरिजबाट हटाउनुपर्छ । यस्तो बेलामा हामी सबै एक भएका छौं। तर, यस्तो एकता नेपाली कलाकार, मोडल, मिस नेपालहरूलाई टिप्पणीको विरोधमा कहिल्यै देखिन्न । त्यो टिप्पणी व्यक्तिविशेषलाई आएको भएर कसैले चासो नदेखाउनुभएको होला । त्यस्ता अपशब्द बोल्नेहरुलाई पाठ सिकाउनु पर्दैन हामीले ?’ ऋचाको जस्तै आशयको स्टाटस केकी अधिकारीले पनि लेखेकी छिन् ।

Recent Comments

Top