logo
Advertisement

चर्चित गायक सपुतले किन लेखे-‘कोरोनाले मेरा सम्पुर्ण घ*मण्ड र भ्र*म चिरिदिएको छ’

५ जेष्ठ २०७७, सोमबार मा प्रकाशित

नेपाली गीत संगीतका लोकप्रिय गायक हुन् प्रकाश सपुत । एकपछि अर्को सफल गीत मार्फत प्रकाशले आफुलाई अब्बल सावित गरिसकेका छन् । यतिमात्र हैन् प्रकाशले हालै परदेशी २ फिल्मको छायांन पनि सक्काएका छन् । कोरोना समयमा अहिले आफ्नै घरमा बाग्लुङमा छन् । यहीबीच प्रकाश सपुतले कोरोनाले आफ्नो भ्रम र घमण्ड चिरिदिएको उल्लेख गरेका छन् ।

गायक सपुत लेख्छन्–‘पछिल्लो दुई वर्ष मैले जुन जीवन जिएँ, जुन उपलब्धि हासिल गरे, यो सधैं यस्तै रहन्छ भन्ने भ्र*म र घ*मण्ड कोरोनाले नराम्रोसँग चिरिदिएको छ । म पुनः त्यही धरातलमा फर्किएको छु, जहाँबाट केही उचाइ पुगेरै छाड्ने अठोट सहित हिँडेको थिएँ ।

मैले यो परिस्थितिलाई सहर्ष स्वीकारेको छु र त्यसरी नै बाँचेको छु, जसरी पहिला थियो । गाउँका सीमाहरुमा खटिएका सुरक्षाकर्मीसँग आफ्नै घरमा तस्वीर खिचाउँदै गायकले भनेका छन्–‘खासमा उहाँहरू आएर लकडाउनसँगै रोकिएको मेरो त्यो जीवनलाई सझाइदिनु भयो र विशेष महसुस गराइदिनुभयो ।’

उनले, कोरोना त्रासकाबीचमा पनि ज्यानको पर्वाह नगरी खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई सलाम भन्दै सुरक्षित बस्न र सहयोगी बन्न अपिल गरेका छन् ।

Recent Comments

Top