logo
Advertisement

मायालु जोडी ‘निश्चल–स्वस्तिमा’

५ जेष्ठ २०७७, सोमबार मा प्रकाशित

नेपालमा यस्ता धेरै जोडीहरु छन् जसका लाखौं शुभचिन्तक छन् । रिलमा मात्र हैन् रियल लाईफमा पनि सेलिब्रेटीहरुको जोडी मज्जैले जमेको देखिन । यस्तै एक जोडीको नाम हो, निश्चल बस्नेत र स्वस्तमा खड्का । अभिनेत्री स्वस्तिमा र निर्देशक निश्चल राष्ट्रिय दाजु भाउजुको पमा दिएकाछन् ।

र, यो कोरोना पिरियडमा उनीहरु पनि लक डाउनका कारण घरमै छन् । लक डाउनको समयमा स्वस्तिमा सामाजिक संजालमा बढी व्यस्त छिन् । अभिनेत्री खड्काले एक अमेरिकन चलचित्रमा काम गर्ने खबर पनि सार्वजनिक भैसकेको छ ।

अभिनेत्री खड्काले पनि सबै कुरा चाडै नै ठिक भएर भगवानले चाहेको खण्डमा आफूले अमेरिकन चलचित्रमा काम गर्ने जानकारी आफ्ना फ्यानहरुलाई दिइसकेकी छिन् । लक डाउनको समयमा पुस्तक पढ्ने, घरको काम गर्ने र मोबाइलमा गेम खेल्ने गरेको स्वस्तिमा बताउँछिन् ।

उनै, स्वस्तिमाले आफ्ना श्रीमान् निश्चल बस्नेतसँगको एक तस्वीर शेयर गर्दैै लेखेकी छिन्–‘तिमी त्यस्तो जोखिम हौ, जुन म सधै लिन चाहन्छु ।’ स्वस्तिमाको यो कुराले पनि निश्चल र उनको प्रेम झल्काउँछ ।

यो जोडीले गतबर्ष चलचित्र ‘घामड शेरे’मा एकसाथ काम गरेको थियो । यसपछि, फेरि यो जोडीले एउटा चलचित्रमा एकसाथ काम गर्ने चर्चा चलेपनि लक डाउनका कारण उक्त योजना पछि धकेलिएको छ ।

Recent Comments

Top