logo
Advertisement

‘लकडाउन’मा तरकारी किन्न गएका युवक विवाह गरेर फर्किए

५ जेष्ठ २०७७, सोमबार मा प्रकाशित

उत्तर भारतको गाजियाबाद जिल्लामा अचम्मको घटना सार्वजनिक भएको छ । कोरोना भाइरसको संक्रमण फैलिने डरले भारतमा जारी लकडाउनका बिच एक व्यक्ति तरकारी र खाद्यवस्तु लिन घरबाट बाहिर निस्किएका थिए तर उनले तरकारी किनेर ल्याएनन बरु आफूसँगै दुलही पो ल्याए । लकडाउनमा अचानक दुलही घरमा भित्रिँदा युवककी आमाको होश उड्यो ।

वास्तवमा, उनका छोराले आफ्नी प्रेमिकालाई श्रीमती बनाएर ल्याएका थिए ।रिसाएका युवककी आमाले दुलहीलाई आफ्नो घरमा प्रवेश गर्न दिइनन् । त्यसपछि यो पूरा घटना पुलिस थानासम्म पुगेपछि घटना सार्वजनिक भएको छ । दुलहीको पहिरन लगाएक युवती र उनीसँग एक युवा थानामा उपस्थित थिए ।

त्यहाँ युवककी आमा आइन् र लकडाउन उल्लंघन गर्ने छोरालाई घरभित्र प्रवेश हुन नदिने बताइन् । भारतीय मिडिया आजतकका अनुसार थानामा युवतीकी आमाले चिच्याउँदै भनिन्, ‘छोरा खाद्य सामग्री लिन गएको थियो र केटी विवाह गरेर ल्यायो । यी दुईले विवाह गरेको कुनै प्रमाण छैन ।’

युवकलाई प्रहरीले सोध्दा आफूहरुले मन्दिरमा विवाह गरेको बताए । युवककी आमा राजी नभएपछि पुलिसले दुलहा–दुलहीलाई छुट्टै भाडामा बस्न सल्लाह दिएर सहमती गराएको छ । प्रहरीको सल्लाह बमोजिम हाल उक्त नव विवाहित जोडी अलग्गै बस्न थालेको छ ।

Recent Comments

Top