logo
Advertisement

लकडाउनमा कट्रिना कैफको बिना मेकअपका तस्विर भाईरल

५ जेष्ठ २०७७, सोमबार मा प्रकाशित

बलिउडमा यस्ता धेरै यस्ता अभिनेत्रीहरु छन् जसको रुपमा विश्व मोहित छ । आफ्नो अभिनय मात्र हैन् यी अभनेत्रीहरुले सौन्दर्यका कारण नै हल सम्म दर्शकहरु तान्न सक्छन् । बलिउड चर्चित अभिनेत्री क्याटरीना कैफलले फिल्म ‘भारत’ बाट दर्शकको असाध्दै माया पाएकी छिन् ।

सुन्दरी नायिका भनेर चिनिने् कैफ बेलाबेलामा चर्चामा आउने गर्दछिन् । हालै पनि उनि तस्विरका कारण चर्चामा आएकी छिन् । दर्जनौ फिल्ममा अभिनय गरेर चर्चा बटुल्न सफल उनि अहिलेकी व्यस्त नायिका हुन् । फिल्मले क्याटरीनाको करिअरलाई थप फाइदा पु–याएको छ ।

सामाजिक सँजालमा पनि उतिकै सक्रिय क्याटरीनाले बेला मौकामा आफ्ना सुन्दर तस्विरहरु शेयर गरिरहेकी हुन्छिन् । तस्विरहरु शेयर गर्ने क्रममा उनले यतिबेला पनि आफ्ना बिना मेकअपका तस्विरहरु शेयर गरेकी छिन् । विना मेकअप अभिनेत्रीलाई देख्दा उनीहरुका फ्यान भने उनीहरुको सुन्दरताको तारिफ गरेका छन् । केहि दिन पहिला उनले लकडाडनमा भिडियो शेयर गरेकी थिइन् । जुन भिडियोमा उनि किचनमा भाडा माझन निकै ब्यस्थ देखिन्थिन् । एजेन्सी ।

Recent Comments

Top