logo
Advertisement

अभिनेत्री उर्वशीले कोरोना विरुद्ध लड्न ठूलो सहयागको घोषणा

४ जेष्ठ २०७७, आईतवार मा प्रकाशित

यो समय विश्व कोरोनाको कहरबाट गुज्रिरहेको छ । यहीबीच बलिउड अभिनेत्री उर्वशी रौटेलाले पनि सहयोगको हात अघि बढाएकी छन्। उनले पाँच करोड रुपैयाँ डोनेसन गरेकी छन् ।

यो समय एकले अर्कालाई साथ दिने बेला भएकाले आफूले सहयोग गरेको उनले बताएकी छन् । ‘सहयोग सहयोग हुन्छ कुनै ठूलो र सानो हुँदैन’ उनले भनेकी छन् ।उर्वशीले एउटा भर्चुअल डन्स क्लास आयोजना गरिन् जसमा उनले ज्यादा तौल भएका व्यक्तिलाई निःशुल्क नृत्य सिकाइन्। त्यहाँ उनले नृत्यका अनेक फम्र्याट सिकाइन् ।

टिकटकमा डान्स मास्टर क्लास आयोजना गरियो र त्यहाँ १।८ करोड व्यक्ति जोडिए। यसबाट उनलाई पाँच करोड रुपैयाँ प्राप्त भयो जुन उनले कोरोना भाइरसविरुद्धको लडाइँका लागि उपलब्ध गराइन् । उर्वशीले सबैलाई धन्यवाद दिँदै भनिन्, ‘हामी सबै साथ रहने समय आएको छ । हामी सबै मिलेर यो महामारी जित्न सक्छौं ।’

उर्वशीका साथै अक्षय कुमार, शाहरुख खान, सोनु सुद, सनी देओल, वरुण धवन, सलमान खान, प्रियंका चोपडा, करिना कपुर खान, विक्की कौशलसहित धेरैजनाले यसमा सहयोग गरेका छन्।

Recent Comments

Top