logo
Advertisement

गिरी र दाहाललाई संघ पुरस्कार, लामालाई सम्मान

४ जेष्ठ २०७७, आईतवार मा प्रकाशित

‘राष्ट्रिय फिल्म पत्रकारिता पुरस्कार २०७७’ बाट चलचित्र पत्रकार संघ नेपालका पुर्व अध्यक्ष बिदुर गिरी सम्मानित हुने भएका छन् । फिल्म पत्रकार संघ नेपाल मकवानपुर शाखाले जेठ ७ गते मनाइने फिल्म पत्रकारिता दिवसको अवसरमा ३ जनालाई सम्मान गर्ने भएको हो । संघको शुक्रबार बसेको बैठकले दिवसको अवसरमा प्रदान गर्दै आएको ‘फिल्म पत्रकारिता पुरस्कार २०७७’ बाट मकवानपुरबाट गोरखापत्रमा कार्यरत पत्रकार राममणी दाहाल र फिल्म कलाकर्मी सम्मान २०७७ बाट मकवानपुरबाट कलाकारीतामा लागेका प्राविधिक संघका अध्यक्ष पुष्कर लामालाई सम्मानित गरिने भएको छ ।

हाल कोरोना भाईरसको महामारीको कारण यो वर्ष प्रदान गरीने पुरस्कारलाई महामारीको स्थिती सामान्य भएपछि मात्रै प्रदान गरीने संघका अध्यक्ष मणीराज गौतमले बताए ।

दाहाललाई नगद पाँच हजार सहित सम्मानपत्र, गिरीलाई नगद ११ हजार १ सय ११ रुपैयाँको रासी सहित सम्मानपत्र र लामालाई दोसाल्ला ओडाएर सम्मानपत्रले सम्मान गरिने भएको छ । सबै पुरुस्कार तथा सम्मानलाई कोरोना भाईरस सक्रमणको अबस्था सामान्य भएपछि मात्र भब्य कार्यक्रमको आयोजना गर्दै प्रदान गरीने अध्यक्ष गौतमले बताए ।

Recent Comments

Top