logo
Advertisement

लकडाउनले खस्किने भयो बलिउड नायक नायिकाको पारिश्रमिक, तापसिले नि घटाऊने भाईन् आफ्नो पारिश्रमिक

४ जेष्ठ २०७७, आईतवार मा प्रकाशित

विश्व अहिले कोरोनाको चपेटामा छ । यसले गर्दा प्रायदेशमा लकडाउन भएको छ । यसको प्रभाबले विशेषगरि, आर्थिक गतिविधी ठप्प जस्तै छ । कोरोना र यसपछि सुरु भएको लक डाउनको असर बलिउड फिल्मी नगरीमा पनि नराम्रोसँग परेको छ ।

बन्दको चपेटाले गर्दा बलिउड अब कसरी माथि उठ्छ भन्ने प्रश्नहरु उठ्न थालेका छन् । अब, कलाकारले आफ्नो पारिश्रमिकमा कटौती गर्नुपर्ने तर्कहरु समेत उठ्न थालेको छ । यो बिषयमा भारतीय मिडियासँग कुरा गर्दै नायिका तापसी पन्नुले यदि यस्तो अवस्था आयो भने आफू तयार रहेको बताएकी छिन् । तापसी भन्छिन्–‘यदि परिस्थिती त्यस्तै आयो भने म पारिश्रमिक कटौती गर्न तयार छु ।’

उनले अगाडि भनिन्–‘अहिले कुनै पनि सुटिङ भैरहेको छैन । यस्तो अवस्थामा पारिश्रमिक कटौतीको कुरा त पक्कै आउँछ । यस्तो अवस्था आएमा म यसका लागि तयार छु ।’

Recent Comments

Top