logo
Advertisement

सलमान र रणवीर भन्दापनी कैटरिनाको नजरमा बिक्की मायालु !

४ जेष्ठ २०७७, आईतवार मा प्रकाशित

ग्ला#मर फिल्डमा प्रेमा प्रसंगको कुरो सामान्य नै हो । कुनै कलाकार कसैसंग नजिकिएको देखे गसिप सुरु हुन थाल्छ । मिडियाले मसलाको रुपमा उनिहरुको प्रेम प्रसंगबारे सार्वजनिक गर्न थाल्छ ।

बलिउडमा केही समयदेखि नायिका कट्रिना कैफ र नायक विक्की कौशलको प्रेम चर्चा सुरु भैरहेको छ । तर स्वयंम ति दुईले भने प्रेमा प्रसंगलाई खुलेर स्विकारेको भने छैन । केही समय अघी कैफ रणवीर कपुरसँग अलग भएपछि विक्कीसँग नजिक भएको बुझिन्छ । गतबर्षको तिहारमा एकसाथ एउटा पार्टीमा पुगेपछि उनीहरुविच प्रेम चर्चा सुरु भएको हो । यसैविच, शनिबार नायक कौशलको जन्मदिनको अवसरमा कट्रिनाले इन्स्टाग्राममा स्टाटस लेख्दै शुभकामना दिएकी छिन् । उनले लेखेकी छिने–‘भगावनले तिम्रो जोश सधै नै उच्च बनाइ राखुन् ।’

कट्रिनाको यो शुभकामनापछि भारतीय मिडियामा उनीहरुको प्रेम चर्चा झनै चुलिएको बाटएका छन् । सलमान , राणावीरसंग अलगिएकी कैफको बिक्किसंगको प्रेम टिक्छ य टिक्दैन समयले बताउला । बिक्किलाई हाम्रोपनी जन्मदिनको शुभकामना ।

Recent Comments

Top