logo
Advertisement

आफै पुलि#स आफै चो#र; अरुलाई सम्झाउने रवी लामिछाने आफै देखिए यस्तो अवस्थामा मोज मस्तिमा

३१ बैशाख २०७७, बुधबार मा प्रकाशित

भन्न जति सजिलो आफ्नो ब्यबहारमा लगु गर्न काहा हुन्छ र? कसैलाई अर्ति दिन सजिलो लाग्छ र दिन्छौ पनि तर त्यही कुरा आफ्नो जीवनमा लागू गर्नुपर्यो भने हामिलाई धेरै गाह्रो वा गर्नै सक्दैनौ । यस्तै भएको छ पत्रकार रवी लामिछानेकोपनि ।

अहिले सामाजिक संजालमा एक तस्बिर र भिडियो निक्कै भाईरल भएको छ। जहा रवि लामिछाने लगायत चर्चित कलकारहरु छन् । जहाँ रवी लगायत अन्य चर्चित कलकारले सरकारको आदेशलाई गम्भीर ढंगले नलिएको देखाएको छ । भिडियोमा लकडाउनकाबिच एकै ठाउँ भेला भएर उनी लगायतका कलाकारहरु पार्टी गर्दै गरेको देखिन्छन् । उक्त पार्टीमा रवि लामिछानेको साथमा उनकी पत्नी निकिता पौडेल, कलाकारहरु दिपक राज गिरि, दिपाश्री निरौला, पुजा शर्मा, किरण केसी, अनुराग कुँवर, फिल्मी पत्रकार उत्सब रसाइली लगायतको उपस्थिति रहेको छ । उनीहरु लड्डु बनाउदै रमाइलो गर्दै पार्टी गरिरहेका छन् । ।

केहि समय अघि आफ्नो कार्यक्रम ‘सिधा कुरा जनतासंग’ मार्फत रवि लामिछानेले ‘घरमै भएको एक थोक तरकारीमा ऐना हेर्न मिल्ने गरि तङ्ग्रंग झोल हालेर खाउँ तर बाहिर नजाउँ’ भन्दै जोशिलो तरिकाले संदेश दिएका थिए । उनले ‘बाँच्नु भएछ भने खसीको मासुको पक्कु, लोकल कुखुराको रातो झोल, सात पत्रे बँदेल टिमुरको छोप संग चोपेर, माछा फ्राई गरेर, गोलभेडाको अचार, बासमती चामल अकबरे खुर्सानी टोक्दै सात थाल थपि थपि खानुहोला’ भनेका थिए । उनले यस्तो भनेको भिडियो क्लिप सामाजिक संजालमा खुबै भाइरल भएको थियो ।

कलाकारहरूको नैतिक र सामाजिक उत्तरदायित्व र आफुले यो अवस्थामा निभाउनुपर्ने भुमिकामा यति ठूलो त्रुटि गर्दा उनिहरुलाई समाजले हेर्ने दृष्टिमा कस्तो भिन्नता आउला? भिडियोमा दीपकराज गिरी पनि पार्टीको मजा लिइरहेका छन् । स्रोतका अनुसार उक्त जमघट कलाकार अनुराग कुँवरको घरमा भएको थियो ।

अरुको सानो त्रुटिमा गानै जानेगरी चिच्याउने रवी लामिछाने अनि सामाजमा भएका कैयै कुरामा प्याच्च बोलिहाल्ने दीपक राज गीरिले अब आफुले गरेको यो जमघटको भिडियोबारे कसरी जवाफ देलान त्यो भने हेर्न अझै बाकी नै छ।

Recent Comments

Top