कोरोनाले भन्दापनी कोरोनाको त्रासले मान्छेलाई मार्ला भन्ने ड#र बढि भएको छ। कोरोनाको त्रास बिच चीनमा आफ्नै छोराले आमालाई जीवितै खाल्डोमा पुरिदिएका छन् । ज्युँदै खाल्डोमा गाडिएकी आमालाई ३ दिनपछि जीवितै उद्धारगरिएको छ ।
उक्त छोराले ति बुढि आमालाई गाडेको ३ दिनपछि जीवितै उद्धारगरिएको चाइना मर्निङ पोस्टले जनाएको छ। ७९ वर्षकी ती वृद्धा रोगबाट पिडित थिइन् । घरमा नदेखिएपछि वृद्धाकी बुहारीले प्रहरीलाई खबर गरेकी थिइन्।
प्रहरीले अनुसन्धान गर्न थालेपछि छोराले नै आफ्नो आमालाई खाल्डो खनेर गाडेको खुल्न आएको हो । अहिले उनको अस्पतालमा उपचार भएको र स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।
Recent Comments