logo
Advertisement

अजयसंग बिहे हुनु अघि काजोलले यी नायकसंग प्रेम गर्थिन्

२९ बैशाख २०७७, सोमबार मा प्रकाशित

एउटै क्षेत्रमा काम गर्दा कहिले दुश्मनी त कहिले आत्मियता हुनु स्वभाबिक हो। कैयौ बलिउड कलकारले आफुसंगै काम गर्ने अर्का संग दुश्मनी पनि छ त कैयौ कलकारसंग बिवाह गरेका भारतिय कलकार धेरै छन् ।

भारतीय फिल्मी क्षेत्रको चर्चित जोडी मध्येको एक हो अभिनेता अजय देवगन र अभिनेत्री काजोल । उनीहरको विवाह भएको १९ वर्ष पुरा हुँदा पनि यो जोडीको चर्चा अहिले पनि उस्तै छ । उनीहरुले प्रेम गर्नु अघि उनीहरु मिल्ने साथी थिए । तर समयक्रमले उनीहरुलाई साथीबाट जीवन साथिमा परिणत गर्दियो।

अजयले सञ्चार माध्यमा अन्तरर्वाको क्रममा सधै भन्ने गर्छन् मेरो पहिलो नजर नै काजोलमाथि परेको थियो । एक अन्तरवार्तामा काजोलले भनिन् मैले उनलाई पहिला भेट्दा त यति क्षमतावान् होलान् भन्ने लागेको थिएन् । तर पहिलो पटक अजयसँगै काम गरेपछि चाहि थाहा भयो की सही मान्छेसँग भेट्ने मौका पाए ।’

Recent Comments

Top