logo
Advertisement

रणवीरका पिता ऋषि कपुर आलियासंग हैन यी युबतिसंग रणवीरको बिहे गर्न चाहन्थे

२९ बैशाख २०७७, सोमबार मा प्रकाशित

बलिउडमा धेरैजसो कलकारको लभ अफएयरको चर्चा बेला बेलामा भइरहन्छ। बलिउडमा लभ अफएयरको चर्चा हुनु कुनै नौलो कुरो हैन। अहिले अभिनेता रणवीर कपुर र आलिया भट्ट प्रेमको बारे चर्चा भइरहने गर्छ । यी दुईको प्रेम सम्बन्ध बारे सामाजिक सञ्जालमा बिभिन्न कुराहरु पनि आइरहेका छन् । लामो समयदेखी एकअर्काको प्रेममा रहेका यी दुई केही समयअघि देखि डेट गरिरहेका छन् ।

भारतिय मिडियाका अनुसार निधन हुनुअघि ऋषि कपूरले रणवीर र आलियाको सम्बन्ध त्यति मन पराउदैनथे । उनी रणवीरको बिहे आलियासँग नभई अरु कसैसँग गर्न चाहन्थे । हालै रणवीरका पिता ऋषि कपूरको निधन भयो ।
 
सन् २०१८ मा उनले सामाजिक सञ्जाल ट्वीटरमा एक तस्बिर शेयर गरेका थिए । उनले शेयर गरेको तस्वीरमा आयन मुखर्जी र रणवीर छन्। उक्त तस्वीर शेयर गर्दै ऋषिले लेखेका थिए – ‘मिल्ने साथी, के हुन्छ यी दुईले बिहे गरे भने ? ‘ फिल्म वेक अप सिडमा रणवीर र आयन एकसाथ काम गरेका थिए ।  ऋषि कपुरको उक्त ट्वीट एउटा ठट्टा थियो । भारतिय मिडियाका अनुसार ऋषि कपूर बिरामी हुँदा आलिया र आयन दुबैले सहयोग गरेका थिए । 

Recent Comments

Top