नेपाली फिल्मिनगरिमा नायक पल शाह र आँचल शर्माको प्रेमको विषयले निकै स्थान पाइरहेको थियो। उनीहरूले दिएको हर अन्तरवार्तामा यस कुरालाई जोडिएको हुन्थ्यो र अझै हुने गर्दछ तर, उनीहरू भने आफुहरू बिच कुनै प्रेम सम्बन्ध नभएको बताउँदै आएका छन्। दर्शकले उनीहरूको जोडीलाई खुबै रुचाइरहेका थिए। तर फेरि यो जोडि पर्दामा संगै देखिन्छन् वा देखिन्नन त्यो भने भबिष्यले नै बताउला।
पल र आँचलले फिल्म ‘जोनी जेन्टलम्यान’मा सँगै काम गरेका छन्। सँगै काम गर्दा उनीहरूबीच प्रेम भएको भन्ने हल्ला चल्यो। तर उनिहरु दुईले भने स्विकारेका थिएनन् । उनीहरूलाई वास्तविक जीवनमा पनि एक भएको हेर्न चाहने दर्शकको जमात राम्रै देखिन्थ्यो। फिल्ममा होस् वा म्युजिक भिडियोमा उनीहरूको केमेष्ट्रीलाई दर्शकले प्रशंसा नै गरिरहेका हुन्छन्। प्राय: सामाजिक संजाल र फेसबुकमा पोस्ट गरिएका समाचारहरुको कमेन्टहरूमा उनीहरू वास्तविक जोडी भइदिए हुने भन्ने धेरैले आशा राखेका थिए। त्यहाँबाट पनि बुझ्न सकिन्छ, उनीहरूलाई वास्तविक जीवनमा जोडी भएको हेर्न चाहने धेरै थिए।
प्रेमी उदित श्रेष्ठसंग बिवाह गरेपछि आंचल नयां जीवनको शुरुवात गर्दैछिन् । यता पल शाहसंगको सम्बन्ध भने छुटेको छ । सायद त्यही भएर त होला पलले आंचललाई आफ्नो सामाजिक सञ्जाल इन्स्टाग्रामबाट अनफलो गरेका छन् । हुनत् आंचलको फ्रेण्ड लिष्टमा पनि पल छैनन् । कारण के हो त् ? त्यो भने आँचल वा पल स्वयंमलाई थाहा होला । अनि यी दुई कतै जम्का भेट भए पहिलेझै बोल्छन् कि नाई? धेरैलाई यो जिज्ञासा होला। खैर आँचलले अहिले नयाँ जीवनको सुरुवात गरेकिछिन् । उनलाई धेरै धेरै शुभकामना ।
Recent Comments