logo
Advertisement

महेश बाबुको क्रेज नेपालमा पनि; उनले एक फिल्म बापत लिन्छन् यती धेरै पारिश्रमिक

२९ बैशाख २०७७, सोमबार मा प्रकाशित

अहिले नेपाली फिल्मका दर्शकलाई साउथ फिल्मले निक्कै आकर्षक गरेको बुझ्न सकिन्छ। साउथ फिल्म कुनै पनि युटुबमा सार्बजनिक हुन नपाउदै नेपालको ट्रेण्डिङमा पुग्छ। साउथ फिल्म भन्नासाथ एउटा नाम जोडिन्छ महेश बाबु । दर्जनौँ सुपर डुपर फिल्ममा अभिनय गरेर करोडौँ दर्शकलाई फ्यान बनाका छन् उनले । उनको नाम अब बिकाउ भईसकेको छ। उनको नाम जोडिने बित्तिकै दर्शकहरु यत्तिकै पनि हलमा पुग्छन् ।

जब कुनैपनि कलकारले दर्शकको जमात आफुतिर तान्छ त्यसैका कारणपनि उस्को रेट हाई हुन्छ। प्रशंसकको ठूलो जमातकै कारण उनले साउथ फिल्म उद्योगका सबैभन्दा धेरै पारिश्रमिक लिने हिरो पनि हुन् भन्दा फरक पर्दैन । उनी अहिलेको समयमा एक फिल्ममा काम गर्नका लागि १८ देखि २० करोडसम्म पारिश्रमिक लिने गर्दछन् ।यसै वर्ष प्रदर्शनमा आएको महेश अभिनित फिल्म ‘महर्षि’ बकस अफिसमा हिट भयो। उनका ब्याक टू ब्याक फिल्म बक्सअफिसमा हिट भइरहेका छन् ।

उनको अभिनयले सधैं दर्शकमा ग#हिरो प्रभाव पैदा गर्न सफल रहने गर्दछ । उनी अभिनीत फिल्महरु हिन्दीमा डब भएर युट्युबमा प्रदर्शन हुने गरेका छन् ।हरेक फिल्मले नेपालको ट्रेण्डिङ स्थान हात पारेकै हुन्छ। सन् १९७५ अगष्ट ९ मा चेन्नई, तमिलनाडुमा जन्मिएका उनको फिल्मी सफर बाल्यकालदेखि नै सुरु भएको थियो ।

Recent Comments

Top