आफुसगै जोडिएका ब्यक्तिको याद आउनु कुनै नौलो कुरा हैन । तर त्यो ब्यक्ती साथै हुदा र नहुदामा भने फरक पर्छ। यस्तैमा बलिउड अभिनेत्री दीपिका पादुकोणलाई यतिबेला अभिनेता इरफान खानको यादले सताएको छ। उनले हालै एक भिडियो सेयर गर्दै इरफानको सम्झनामा भावुकता प्रकट गरेकी छिन् ।
उक्त भिडियो सन् २०१५ मा रिलिज भएको फिल्म ‘पिंकु’ को सेटको हो । उक्त भिडियोमा इरफान र दीपिकाले लन टेनिस खेलिरहेका छन्। भिडियोको क्याप्सनमा दीपिकाले लेखेकी छिन्– ‘कृपया फर्किएर आऊ इरफान खान।
दुई वर्षदेखि उनी क्यान्सरसँग लडिरहेका थिए। दुर्लभ खाले क्यान्सरका कारण ५४ वर्षको उमेरमा इरफानको २९ अप्रिलमा निधन भयो।
श्रोतका अनुसार दीपिका र इरफानले स्क्रिन सेयर गरेको ‘एकमात्रै फिल्म हो पिकु’ । गत शुक्रबार यो फिल्म रिलिज भएको पाँच वर्ष पूरा भएको छ। यही अवसरमा इरफानलाई
दीपिकाले सम्झिएकी हुन्।
Recent Comments