logo
Advertisement

नुहाउन खोज्दा कोरोना संक्रमितलाई गो*ली हानी मा*रियो

२८ बैशाख २०७७, आईतवार मा प्रकाशित

चीनको छिमेकी देश उत्तर कोरियामा एक कोरोना सङ्क्रमित व्यक्तिलाई गो*ली हानी मा*रिएको दक्षिण कोरियाली सञ्चार माध्यमले जनाएका छन् । सर्वोच्च नेता किम जोङ उनको आदेशमा ती व्यक्तिको ह*त्या गरिएको दाबी गरिएको छ । क्वारेन्टाइनमा रहेका एक अधिकारीले सार्वजनिक स्थानमा नुहाउन जाँदा मृ*त्युद*ण्ड दिइएको बताइएको छ ।

दक्षिण कोरियाली अखबर डोङग ए इल्बोले जनाए अनुसार मारिनेमा एक व्यापारी रहेका छन् । उनी केही समय अगाडि चीन भ्रमणबाट आएका थिए । चीन गएर आएकालाई छुट्टै स्थानमा राखिने गरिएको छ । चिकित्सकको निगरानीमा रहेका ती व्यापारी सार्वजनिक स्नानगृहमा नुहाउन गएका थिए । कोरोना भाइरसको जोखिम बढ्ने भन्दै उनलाई गिरफ्तार गरी तुरुन्तै गो*ली हानेको दाबी गरिएको छ ।

उक्त घटनाबारे उत्तर कोरियाले भने आधिकारिक रुपमा पुस्टि गरेको छैन् । सिमानाका जोडिएको छिमेकी देश चीनमा १३ सय भन्दा बढिको ज्यान र ६० हजार मानिस थला पारेको उक्त भाइरसको संक्रमणपछि उत्तर कोरियाले उच्च सर्तकता अपनाएको छ।

Recent Comments

Top