अहि बिश्वनै कोरोनाको मारमा छ। प्राय देशमा लकडाउन भएतापनी अमेरिकाले भने लकडाउन गरेको छैन। तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना प्रकोपबीच हिन्दु पुजारी बोलाएर ह्वाइट हाउसमा ‘शान्तिपाठ’ मन्त्र बढ्न लगाएका छन्।
कोरोना संकट सामना गर्ने क्रममा विश्वमा धेरै उपायहरू अपनाइएका छन्, जसमध्ये केही त धार्मिक पनि छन्।
मे ७ का दिन बिहीबार राष्ट्रिय प्रार्थना दिवसको अवसरमा न्यु जर्सीस्थित स्वामी नारायण मन्दिरका पुजारी हरिस ब्रम्हभट्टले गत बिहिबार ह्वाइट हाउसमा ट्रम्पको आग्रहमा ‘शान्तिपाठ’ मन्त्र पढेका हुन् ।
ट्रम्पले भने, ‘हाम्रो देशले ठूलो कठिनाइ सहेको छ। तर तपाईंको विश्वास र प्रार्थनाहरुले हामीलाई शक्ति प्रदान गरिरहेको छ। हाम्रो देशको प्रत्येक भागमा हामीले नागरिकको माया र सद्भावको माध्यमबाट भगवानको कृपा देखेका छौं।’
ट्रम्पले सो क्रममा अमेरिकाले भगवानमा विश्वास गर्ने पनि बताए। राष्ट्रपति ट्रम्पले अमेरिका कोरोना भाइरससँग जुधिरहेका बेला यस्तो शान्ति मन्त्र पाठ गराएका हुन्।
Recent Comments